Showing posts with label कविता. Show all posts
Showing posts with label कविता. Show all posts

Thursday, August 27, 2026

Where My Heart Remains



There,
my people,
my mountains,
my communities
buried beneath
glacier and debris.

Here,
I am far away,
but my heart is not here.

My eyes flood with tears,
my heart with grief,
my mind with Nepal,
with Rasuwa.

God, give my people strength
patience to endure,
courage to face tomorrow,
and hope to rise again.

We Nepali are resilient.
We bend,
but we do not break.

Rasuwa will rise.
Nepal will rise again
stronger than before.

Let us pray for our people,
for their safety,
their strength,
and their hope.

May God protect Rasuwa.
May God protect Nepal.


Suraj Parajuli
Notre Dame, USA
08/27/2026

Friday, July 31, 2026

धर्मले त जोड्न सिकाउँछ


मन्दिरको घण्टी बजोस्,
या, मस्जिदको अजान गुञ्जियोस्,
या, गुम्बाको मन्त्र सुनियोस्,
या, चर्चको घण्टी झन्कियोस्,
या, गुरुद्वारामा कीर्तन घन्कियोस्,
फरक केवल स्वरमा न हो,
प्रार्थना त एउटै न हो।

कसैले राम पुकारोस्,
कसैले रहमान सम्झियोस्,
कसैले बुद्धको मार्ग पछ्याओस्,
कसैले येशूको प्रेम अपनाओस्,
कसैले वाहेगुरु स्मरण गरोस्,
कसैले प्रकृतिलाई नै परम सत्य मानोस्,
तर अन्ततः,
फरक केवल नाम र प्रार्थनाको शैलीमा न हो,
मानवता त सबैको साझै न हो।

रगतको रङ एउटै छ,
नसामा बग्ने जीवन एउटै छ।
धड्किने मुटु एउटै छ,
हाँसोको भाषा एउटै छ,
आँसुको पीडा पनि एउटै छ।

मन्दिर, मस्जिद, गुम्बा र चर्चले
प्रेम र करुणाकै बाटो देखाउँछन्,
तर किन कहिलेकाहीँ
हाम्रा पाइला घृणातिर मोडिन्छन्?

कतै धर्मको नाममा
मानव बन्न त बिर्सिएनौँ हामी?
कतै आस्थाको भिन्नतामा
आफ्नै सम्बन्ध त तोड्दै छैनौं हामी?

घृणाको बीउले कहिल्यै
शान्तिको फूल फुलाउँदैन,
प्रतिशोधको आगोले
कसैको उज्यालो भविष्य बचाउँदैन।
मनमा द्वेष बोकेर
सुखको संसार बन्दैन,
एकताको बाटोबिना
शान्तिको सपना सजिँदैन।

धर्मले त जोड्न सिकाउँछ,
मनमा दया जगाउन सिकाउँछ।
तर यदि धर्मकै नाममा
मानवता हराउन थाल्यो भने,
हामीले आफैँलाई नै
एउटा ठूलो प्रश्न सोध्नुपर्छ।

सुनसरी र सिराहाको को धर्तीले
आज फेरि प्रश्न सोध्यो
"किन आस्थाको बाटोमा
मानवताले हार मान्यो?"

हिन्दू होस् या मुस्लिम,
बौद्ध, किराँत वा इसाई,
नेपालको आकाशमुनि
सबैको सपना उस्तै छ दाजु-भाई।

आऊ,
हातमा ढुंगा होइन,
विश्वासको फूल समाऔँ।
धर्मलाई विभाजन होइन,
मानवतासँग जोड्ने पुल बनाऔँ।

मन्दिर र मस्जिदका ढोका
अन्ततः शान्तिकै खोजी हुन्,
गुम्बा, चर्च र सबै आस्थाका बाटा
मानवताकै उज्यालो रोजी हुन्।

किनकि सबै धर्मको अन्तिम शिक्षा
प्रेम, करुणा र सेवा हो,
मानिसलाई असल मानिस बनाउनु नै
हरेक आस्थाको सन्देश हो।

धर्मले प्रेम सिकाओस्,
घृणा होइन।
नेपालले एकता गाओस्,
विभाजन होइन।
यही छ मेरो प्रार्थना,
जय धार्मिक सहिष्णुता।


- सुरज पराजुली | नोट्रे डेम, अमेरिका | जुलाई ३१, २०२६

Sunday, June 14, 2026

प्लेन डायरी (Plane Diary)





चालिस हजार फिट माथि जहाज उडिरहेको छ।

जहाजसँगै यो शरीर त उडेकै छ,

साथमा यो मन पनि उडिरहेको छ।

जहाज त आफ्नै गन्तव्यमा पुगेपछि रोकिएला,

सायद १४ घण्टापछि।

तर यो मन भने कहिलेकाहीँ

गन्तव्य र दिशाविहीन हुने रहेछ।


कहिले भूतकालका सम्झनाले फर्काएर लैजान्छ,

कहिले वर्तमानकै अनुभूतिमा अल्झाउँछ,

त कहिले भविष्यका अनगिन्ती सम्भावनातिर

सोच्न बाध्य बनाउँछ।


जहाज त पाइलटको नियन्त्रणमा छ,

एउटै दिशामा उडिरहेको छ

आफ्नो गन्तव्यसम्म पुर्‍याउन।

तर यो मनको पाइलट सधै भरि

आफैं हुन नसकिने रैछ

यो त स्वचालित रूपमा

यता-उता भौँतारिँदो रहेछ।


जहाजको गन्तव्य त टिकटमै लेखिएको छ

तर यो मनको गन्तव्य कहाँ छ?

वा, मनलाई पनि कुनै गन्तव्य चाहिन्छ र?


- सुरज पराजुली

(मलावी तर्फको हवाई यात्रा)

Wednesday, May 13, 2026

I Meet Myself

Sometimes I meet myself
in the mirror of a mistake.

Not to be broken,
but to be shown
where healing was needed,
where pride stood too tall,
where fear spoke silently, yet loudly.

Yes, I never make mistakes with intention.
I do not blame others.
Rather, I look at what I should have done,
not at what others did.

Yes, it hurt.
Yes, some nights
the memory still knocks.

I know regret is not a home.
It is a doorway
to step through.

Carry the lesson,
leave the shame.
Take what the pain taught you
and let the rest become dust.

A wiser heart
is often built
from fallen pieces,
but it takes time.

I believe we should not honor the past
by punishing ourselves forever.
We honor it
by changing.

So walk on—
not as someone flawless,
but as someone honest.

The road ahead
does not ask
who you were yesterday.
It only asks
who you choose to be now.

— Suraj Parajuli
May 13, 2026
Notre Dame

Friday, March 10, 2023

तिमि त्यसरी आयौं।



तिमि पोखरीमा ढुङ्गा खसाल्दा पैदा हुने 

रिप्पल इफेक्ट झैं मेरो जीवनमा आयौं 

तिमि चैतको अति उष्ण हावापानीमा 

परेको झरी भै मेरो जीवनमा आयौं 

तिमि त्यति बेला आयौं 

जतिबेला कोहि थिएन 

तिमि त्यति बेला आयौं 

जतिबेला मेरो मन पनि मसँग थिएन 

तिमि त्यसरी आयौं 

जसरी एक मुठी सास दिनको लागि 

हावा पनि आएन।


तिमि म गलेको बेलामा 

भिटामिन  बनि आयौं 

मलाई दुषित हावाबाट बचाउन 

माक्स बनि आयौं 

कहिले सीटामोल बनि आयौं 

कहिले मल्हम, पट्टि अनि ब्यान्डेज बनि आयौं

त कहिले अन्धकारमा लाल्टिन बनि आयौं।


थाहा छ तिमीलाई ? 

तिमि अहिले कहाँ छौँ ? 


तिमि मेरो सोच्ने प्रक्रियामा छौँ

तिमि मेरो बोल्ने कलामा छौँ

मेरो चट्ट मिलेको ड्रेस अपमा छौँ

मेरो भावनामा, मेरो संयमतामा 

अनि मेरो शालीनतामा छौँ।


तिमि मेरो आशामा छौँ

मैले देखेका सपनामा छौँ

तिमि छौँ र त मेरा अनगिन्ति बग्रेल्ती सपनाल आकार लिदैं छन् 

मैले असम्भव देख्ने कुराहरु सम्भव हुदैं छन् 

तिमि थियौं र त म यो ठाउँमा छु 

तिमि छौँ र त जिउनुको मजा लिएको छु 

रातमा मिठो निन्द्रा पाएको छु 

काममा जाँगर पाएको छु 

कर्ममा सफलता पाएको छु 

अनि निधारमा भाग्यको रेखा पाएको छु।


जसरि मलाई उर्जा दिन आयौं

त्यसरी तिमीलाई पनि सफलताको तरङ्ग दिन सकूँ

तिमीलाई थकाई लाग्दा सिरिर्र हावा चल्ने चौतारी बन्न सकूँ

तिम्रो कुरा सुनिदिने कानहरु बन्न सकूँ

तिमीले देखेका सपनाका बाटोको खुड्किलो बन्न सकूँ

झरी बादलमा तिमीलाई जोगाउने ओत बन्न सकूँ 

सधै उत्प्रेरणा दिने ओठ बन्न सकूँ 

तिम्रो घाउमा पट्टि बन्न सकूँ 

तिमि उकालो चढ्दै गर्दा तिम्रो लठ्ठी बन्न सकूँ 

सधै भरि तिम्रो मुठी बन्न सकूँ।



Sunday, February 13, 2022

आजकाल भ्यालेन्टाइन लाग्यो रे !




माया गर्ने हरुको आजभोलि

खुब चहल पहल बढ्यो रे 

बजारमा गुलाबको भाउ पनि बढ्यो रे 

टेड्डी अनि चक्लेट पनि 

धेरै बिक्यो रे 

किनकि आजकल भ्यालेन्टाइन लाग्यो रे।  

 

मायाको नाउँमा ब्यापार पनि बढ्यो रे 

कसम खाने हरु त कत्ति हुन् कत्ति रे 

उता ब्यापार पनि चंग छ रे 

यता कसम पनि दङ्ग छ रे 

पेट्रोल, डिजेलको भाउ मात्र  मात्र हैन 

मायालु को भाउ पनि बढ्दै छ रे 

किनकि आजकल भ्यालेन्टाइन लाग्यो रे। 

 

फेसबुकइन्स्टाग्राम र स्नाप्च्याटमा 

फोटो पनि बढ्यो रे 

धेरैको माया पनि बढ्यो रे 

उता पार्कतिर भने 

बदाम, सुन्तला र चक्लेटको खोस्टा पनि बढ्यो रे 

जोडीहरुको सङ्ख्या त बढेको बढै छ रे 

किनकि आजकल भ्यालेन्टाइन लाग्यो रे। 

 

यता म भने यी सब कुरा हेरेको हेरै छु 

फेसबुक र इन्स्टाग्राम मा लाइक ठोकेको ठोकै छु 

मायाको कविता र गजल लेखेको लेखै छु 

सबैको दाजुभाई बनेको बनै छु 

तर पनि 

माया गर्ने मायालुलाई खोजेको खोजै छु। 

 



Saturday, September 11, 2021

बा, अब म विदेश जाने !

 


बा, अब म विदेश जाने !

उतै रहेछ कामको राम्रो दाम आउने 

साथीभाई, छरछिमेक अनि आफन्तबाट पनि वा वा पाइने

तिम्रो जिवनमा पनि सुखका घाम उदाउने 

त्यसैले बा, अब म विदेश जाने ! 


पढाई र अनुभव भएर  पनि के गर्नु 

यहिँ रहेछ सोर्स फोर्सको जाम लाग्ने 

नोकरी पाईहाले पनि 

थकाई मार्नै नपाइने 

टेबलमा कामको थुप्रो चाङ्ग लाग्ने 

काम थोरै बिग्रिदा गालि अनि गलोच खाइने 

दैनिक आठ घण्टा महिनौ काम गर्दा 

जम्मा तेह्र हजार पाच सय पाइने 

सरकारलाई त्यसमाथि कर चाहिने 

त्यसैले बा, अब म विदेश जाने ! 


उता भाडैं माझेपनि कामको सम्मान पाइने 

यता म्यानेजर नै भएनि डेराभाडा तिर्नलाई धौ धौ मा परिने 

उता कठिन समयमा सामाजिक सुरक्षा अनि राहत पाइने 

यता भाको तलब पनि आधा मात्र हाता लाग्ने 

महंगी र करको चपेटामा कति पर्ने 

पढ्दा लागेको ऋण कहिले तिरी सक्ने ? 

त्यसैले बा, अब म विदेश जाने ! 


त्यहि नाटक र नौटंकीको दोहोरि कति सुन्ने 

आश्वाशनबाट देखाइएका सपना कति बुन्ने 

लेमिनेसन गरेको ए प्लस वाला सर्टिफिकेट कति हेर्ने 

बदलिरहेने कुर्सिको अनुहार कति देख्ने 

नेताहरुको रंगमंच देखेर कति दिक्क हुने 

त्यसैले बा, अब म विदेश जाने ! 


सपना पनि तेती भयङ्कर त  छैनन् 

तिमीलाई त्यो झुपडी र पाखो बारीको संसार बाट कहिले काँही बाहिर घुमाउने 

विभिन्न स्वादका परिकार पनि चखाउने 

तिम्रो धरमर धरमर हुन लाइसकेका पाता पाखुरा तंग्र्याउने 

त्यसैले बा, अब म विदेश जाने ! 

नाइ नभन बा , अब म विदेश जाने !


Tuesday, June 15, 2021

रक्तदान

 



न कारखानामा बन्ने

न खानीमा खोज्दा पाइने

न त पानी मिसाएर धेरै बनाउन मिल्ने
तर, जीवन बचाउन नभई नहुने
के होला त्यस्तो अमुल्य चिज भन लौ
मनमनै गुन यो कुरा नमानिकन धौ !
कुन बेला चाहिन्छ भन्ने छ गाह्रो
बेलैमा नपाए पर्छ ज्यानलाई साह्रो
आफु दिइराख, पर्दैन माग्न पर्दामा
सन्तुष्टि मिल्छ यो कर्ममा अघि सर्दामा
तिमीले एकचोटी दिँदा,
कम्तिमा तिन जनाको ज्यान बाँच्दा
कति धन्य होला,
त्यो आत्मा ब्युतिँदा
अनि,
सारा परिवारको आँसु पुछिँदा।
दिँदा तिम्रो सकिदैन
यसको विकल्प कतै भेटिदैँन
हो, रक्तदान हो यहि कर्म
भगवान् पनि खुसि हुन्छन् , देखेर तिम्रो यहि धर्म।
अरु आफ्नो रगतमा बाँच्छ पनि
बचौँ आफु, बचाऔ अरुलाई पनि
आफु पनि नियमित दान गरौँ
यसको महत्व अरुलाई पनि भनौँ
किनकि,
रक्तदान सत्य हो
रक्तदान सेवा हो
रक्तदान पुजा हो
रक्तदान प्रार्थना हो
रक्तदान महादान हो
रक्तादान जीवनदान हो



(World Blood Donor's Day - June 14, 2021 )

Wednesday, May 12, 2021

हल्लुडो खोज्दै छु




संझिदा पनि रमाइलो लागेर आउछ 

ति दिनहरु .........

रातभरी मोबाइलको स्क्रिनमा लेखिएका ति शब्दहरु 

सिरकमुनी लुकेर च्याट गर्दै मुस्कुराइएका ति पलहरु 

मोबाइलको चार्ज सकिदा मल्टिप्लग्को छेवैमा गएर मेसेज पठाएका यादहरु 


कसरि बिर्सेला मेरो दिमागले यी चित्रहरु ? 


तिमि त भन्छौ प्लिज भुलिदेउ ति दिनहरु 

तर ति दिनहरु मेरो जीवनमा ल्याइदिने तिमि नै त थियौ, 

SO.. SWT OF YOU… भन्दै मलाई मक्ख पारिदिने तिमि नै त हौ 

मेरो मन र मष्तिष्कमा माया भन्ने शब्दलाइ परिभाषित गरिदिने तिमि नै त थियौ 


थाहा छ ? मलाई त तिम्रो बानि परिसकेछ, 

मलाई तिम्रो हासोको लत लागिसकेछ 


अब भन त म कसरि छुटाउ मेरो ति लत अनि बानीहरु ? 


गाउँमा  असार साउनको मेलो सकिदा 

खेतका सबै गराहरुमा धान रोपिसकिदा  

हलिदाइले हलो र जुवालाई छुटाउन पाउदा 

खुब उत्सब मनाउथे 

उफ़, अब त जोत्न परेन .....


तर आज तिमि र मा छुटिदा किन उत्सब छैन ?

तिमि र मलाई जोड्ने हल्लुडो के ले छुटाइदियो ? 

मेरो योग्यताले ? 

मेरो रुपरंगले ? 

मेरो जात अनि समाजले ? 

मेरो गाउले परिवेश या मेरो रित्तो गोजिले ? 


ल भन त अब मैले भोलि देखि के नगर्ने ? 

फोन ? 

फोन त मा नगरुला तिमीलाई तर मेरो बुढि औलाको टुप्पोलाई कण्ठस्थ छ तिम्रो नम्बरहरु 

यदि मलाई नै थाहा नदिकन मेरो औलाले तिम्रो नम्बर थिचेर कल गरे भने मैले के गर्ने ? 


भैगो, मा मेसेज पनि नगरुला तिमीलाई 

यसै पनि मैले पठाएका शब्दहरु तिम्रो मोबाइलले बुझ्ने छैन 

यदि बुझ्थ्यो त मैले छातीमा राखेर लेखेर पठाएका शब्द तिमीले पढ्दा तिम्रो स्क्रिन आसुले भिज्द्थ्यो होला 


ल म फेसबुक मेसेन्जर भाइबर सबै अन्स्ट्ल गरिदिउला 

तर मेरो मनले मलाइ नै थाहै नदिकन मेसेज गर्यो भने म के गर्ने ? 


समय त गैसको फर्किदैन भन्छौ तिमि, 

तर समय नफर्किए पनि मान्छे त फर्किन सक्छ 

तिमीलाई थाहा छ ? म अझै हामीलाई जोड्ने त्यहि पुरानो  हरायको हल्लुडो खोज्दै हिडिरहेको छु।  






Thursday, December 31, 2020

कोरोना सँगै बढेको अशान्ती

 


सुन्दर देश हाम्रो यो नेपाल बुद्धको थलो हो 

शान्तीको सन्देश विश्वमै लाने हाम्रो नै पालो हो ।  

जीवनको यात्रा जङ्घार थुप्रै तर्न नै बाँकी छ 

डरभर छैन संघर्श गर्न ईतिहास साक्षी छ ।  


सहज छैन वर्तमान अहिले कोरोना कहरमा 

हातमा हात मिलाई खुशीले देश बनाउन रहरमा ।  

मस्तिस्क भित्र मानीस हुन्छ दैवको वरदान 

पाएका हामी बनाऔ धर्ती फुलको उध्यान ।  


मन रुन्छ साह्रै दिनदिनै मेरो समाचार सुन्दामा 

मानवको जुनी के सार्थक छ र मानवता भुल्दामा ।  

नसाको लतमा चुर्लुम्म डुबे विबेक गुम्दछ 

शरीर गल्छ, सत्यता मर्छ,अशान्ती घुम्दछ ।  


घिन लाग्छ अहो ! तोड्फोड र हिंसा  सुन्दैमा यी शब्द 

के भनी सुझाउ के भनी बुझाउ भए म निशब्द ।  

हे ! मानव जगत प्यारा नेपाली विश्वमै शान छ 

मानवता सम्झ सेवामा लाग तिम्रो नै  मान छ ।  


बिषम स्थिती कोरोना सँगै बढेको हिँसाले 

मेरो यो समाज कता जादै छ कुन्नी यो हिसाबले ।  

कसरी आउछ तिम्रो यस्तो सोच खुलेर भनन 

बनाउ मन झन फराकिलो समाधान खोजन ।  


चट्टान भित्र लुकेको सुन त्यसै त पाइन्न 

सकारात्मक सोच नराखे सम्म सफल भइन्न ।  

साथीभाइ तिम्रो प्रियजनको साथ लिन नछोड 

देखेका सपना पछ्छ्यौन लाग बाटोलाई नमोड ।  


अशान्ति  रहित मानव समाज सबलाई चिनाऔ 

सद्भाव राखौ एकअर्कामा आउ हात मिलाऔ ।  

घर, परिवार, समाज र राष्ट्र माया सहितको 

बन्छ नि पक्कै यो बातावरण डरभर रहितको ।  


फुल्दछ गुरास पहरा पाखा  ढुङ्गाले घेरेनी 

मुस्कान देउ मुहारमा सन्ताप ले बेरेनी ।  

उज्यालो जीवन बनोस तिम्रो हसिलो रसिलो 

खुशीको दिप बालेर बनोस झुपडि चम्किलो ।  

Friday, November 27, 2020

उसको मानसिक स्वस्थता


जीवनका दूई दसक पार गर्दै गर्दा 

देख्नेहरुको नजरमा शहरिया ह्यान्डसम ऊ 

शुगठित शरीर, उज्यालो मुहार 

शहरको बसाई ले परिबर्तित रहन सहन उसको 

धेरै पेशाको आवश्यकताले पनि होला 

दारी मिलाउछ , चट्ट पर्छ 

सधै अत्तर छरेर निस्कन्छ 

तर ब्यक्त गर्दैन उसका मन भित्र गुम्सिएका भावहरु 

समय समयमा उसले विद्यालय जिबनमा पढेको 

विश्व स्वास्थ्य संगठनले दिएको 

स्वास्थ्यको परिभाषा सम्झन्छ  

नियाल्छ आफु भित्रका मानसिक, सम्वेगात्मक अनि सामाजिक  स्वास्थ्य 

ऊ खोज्छ 

देख्दैन 

भेट्दैन 

अह ! कहिँ देख्दैन 

ब्यस्त दैनिकी, पढाई भन्दा फरक काम, र  विविध तनाव

बिद्यार्थी जीवनका परीक्षा, प्रोजेक्ट, कोठाभाडा, कलेज फि जस्ता आवश्यकताले थिचिएको उसले 

 रमाइलो गर्ने रहरहरुको घाटी पटक पटक थिचेको छ 

बाढीले लगेका खेतको कुरा 

पहिरोले लगेको बारीको कुरा,  

बाले सुनाएका बालीविहिन कृषिका बिलौनाहरु सुनेर धेरै रात आफ्नो आखा पुछेको छ 

दु:ख उडाउन भनेर आजकाल त धुवा पनि उडाउन थालेको छ

तर उडेको छैन उसको  पिडा 

उसको  वेदना 

उसको वैराग्यपना 


मन मनै भन्छ ऊ : 

म बाहिर देखिए झै स्वस्थ छैन 

मलाई पनि तनाबविहिन हुन मन नलागेको होइन 

जिउन मन छ  मलाई हासी खुसि

 बाच्न मन छ 

ऊ चाहन्छ कोहि होस जसले उसको अन्तर्मनको भाव बुझोस 

उत्प्रेरणा दिवोस  

आफ्ना सफलता उन्नति प्रगतिका कुरा संगै उसलाई नि सुनोस उसको छेवैमा बसेर ऊ भित्र गुम्सिएका व्यथाहरु

ताकी उसले फेरी फेरी यसरि केहि गुम्साउनु नपरोस


फेरी, 

समस्या नभएको मान्छे को नै पो छ  र 

दुख नभई सुख सधै मिल्ने कहाँ हो र ?

भनिदिए उसले पनि त आफ्नो मनको व्यथा 

आफ्ना आफ्नै सबैका छन संघर्षका कथा 

साच्चै नै ..... 

बाड्दा चिन्ता साट्दा पिर हल्का हुञ्छ मन 

नबाधेर मनका बह सबै खुलाई भन 

पहिल्याउ समस्याका समाधानका शुत्र 

हासी खुसि कोर तिमी जिबनको चित्र

भावनात्मक बुद्धिमता ले भर जीवन 

खुल्ला बनाइ आफ्नो अन्तर्मन । 



Friday, November 13, 2020

तिहार

 



आयो तिहार झिलिमिलि पार्दै सबको घरदैलोमा 

नाच्न थाले बाल देखि वृृद्ध सब देउसी र भैलोमा ।


दिदि आइन् माइति घर, भाई आयो सहर बाट

भेट भयो क्या शूभ दिनमा सब दुखसुख साट ।

सेलरोटी अनि मिठामिठा कुरा टन्न्ौ बोकि ल्याएकी

भाईलाइ देखी मुसुमुसु हासी ति दिदि मख्खिएकी ।

 

निकै उल्लास अनि उमङ्ग छायो त्यही घरमा तसै

मन छ एक्दम उदास सबको रमाई खेल्दै यसै ।

सिंगार्न थाले घरआँगन सब फुलको गुच्छा ऊन्दै 

कोैसीमा घाम ताप्दै छिन आमै देउसीको गित सुन्दै।


मखमली माला सप्तरङ्गी टीका तयार गरिकन 

फोरिन् ओखर दैलोमा राखी यमराजको बाटो छेक्न । 

दिदि र भाई खुसिले गदगद रमाइकन यसै

दियो दक्षिणा, उपहार दिदिलाइ पाउमा परी तसै ।


खुसिले मनाउ तिहार सबले यहि मेरो चाहना 

शूभ दिपावली २०७७  सालको छ शूभकामना ।  


Tuesday, September 29, 2020

साग



भदौको अन्तिमले बर्षा ऋतुलाई टुङ्ग्याए सँगै 

चाडवाडको ऋतु शरद को आगमन सँगै 

गाउँघरका घरबारी अनी करेसाबारी 

का पुन: हरियाली हुन लागे 

जमिनको माटो ढपक्कै ढाकि

थाहा के ले

तपाईं हाम्रै लोकप्रिय तरकारी 

सागको पातले  

 

सागको रुप पनि अनेक देखिन्छन्  

लट्टा पर्ने तोरी  देखी 

नाङ्लापाते रायो सम्म

डन्ठे मुला देखी 

लत्रेको पालुँगो सम्म

खेतमा पाइने बेथेलट्टे होस् या 

खोला खोल्सा तिर पाइने लुडे नै किन नहोस्  

मेथी, चम्सुर अनी सुप हरेक करेसाबारिमा भेटिन्छन्    

  

यस्को रुप अनुसार 

मान्छेको पनि -आफ्नो रोजाइ  

मेरा तल्लाघरे माइलाबा 

चम्सुरको साग भने पछी हुरुक्कै 

पल्लोघरे सानीमा चै 

रायोको साग पापछी फुरुक्कै 

माथ्ला घरे दाइलाई

मुलाको साग मन पटक्कै नपर्ने  

जे होस् 

जिब्रोको स्वादलाई सम्मान गर्दै 

यस्को हरेक रुपको बजारमा खोजाइ  

 

तर जे जस्तोसुकै रुपमा होस् 

सागले आफ्नो धर्म भने छाडेको छैन 

भिटामिन, खनिज दिने एस्ले 

आफ्नो कर्मलाई मोडेको छैन 

यस्तो उपकारी अनी ज्ञानी सागको 

रुप नाम अझ फैलिवोस 

मेरो शुभकामना  यसलाई 

किसानलाई राम्रो दाम दिवोस   

 

अन्तिममा कचोटी सोचबिचार गरौ ...................

के हामी मानव जातिले पनि ....

सागले झै सर्बप्रिय हुने कर्म गरेका छौ त ?

सेवारुपी साझा मानब धर्म निभाएका छौ त ? 

 

( नोट : हरिया सागपात हाम्रो शरीर लाई नभइ नहुने भिटामिन (A) खनिज पदार्थको राम्रो स्रोत हो तर हरिया सागबाट पाइने फलाम (Iron) हाम्रो शरीरले भिटामिन "सि"को उपस्थितिमा मात्र राम्रो सग सोस्न सक्छ। त्यसैले सागको तरकारी सगै भिटामिन "सि" युक्त खानेकुरा जस्तै गोल्भेडाको चटनी, कागती तथा अमिलो जन्य कुरा खायमा सागपातबाट पाइने फलाम तत्व सजिलै शरीर ले सोस्न सक्दछ।

 

Where My Heart Remains

There, my people, my mountains, my communities buried beneath glacier and debris. Here, I am far away, but my heart is not here. My eyes flo...