जहाजसँगै यो शरीर त उडेकै छ,
साथमा यो मन पनि उडिरहेको छ।
जहाज त आफ्नै गन्तव्यमा पुगेपछि रोकिएला,
सायद १४ घण्टापछि।
तर यो मन भने कहिलेकाहीँ
गन्तव्य र दिशाविहीन हुने रहेछ।
कहिले भूतकालका सम्झनाले फर्काएर लैजान्छ,
कहिले वर्तमानकै अनुभूतिमा अल्झाउँछ,
त कहिले भविष्यका अनगिन्ती सम्भावनातिर
सोच्न बाध्य बनाउँछ।
जहाज त पाइलटको नियन्त्रणमा छ,
एउटै दिशामा उडिरहेको छ
आफ्नो गन्तव्यसम्म पुर्याउन।
तर यो मनको पाइलट सधै भरि
आफैं हुन नसकिने रैछ
यो त स्वचालित रूपमा
यता-उता भौँतारिँदो रहेछ।
जहाजको गन्तव्य त टिकटमै लेखिएको छ
तर यो मनको गन्तव्य कहाँ छ?
वा, मनलाई पनि कुनै गन्तव्य चाहिन्छ र?
- सुरज पराजुली
(मलावी तर्फको हवाई यात्रा)
No comments:
Post a Comment