Showing posts with label लघुकथा. Show all posts
Showing posts with label लघुकथा. Show all posts

Sunday, May 22, 2022

सुम्निमाको प्रेम प्रस्ताव❤️ भाग-२

 


सुम्निमाले मसँग अप्रिल फुल त मजाले मनाएकी थिई नै। म भने त्यहि कुरा अप्रिल फुल को दिन नभई अरु कुनै दिनमा अनुभव गर्न पाइयोस् भनि दिन  कुरिरहेको थिएँ।  त्यस दिन देखि त मलाई सुम्निमाको झन् बढी याद रहिरहेको थियो। मलाई थाहा थियो उसले मलाई साँचिकै मन पराइरहेकि छ तर खै कुन्नी किन हो उसले व्यक्त गर्न भने हिच्किचाई गरिरहेकी थिई।  उसले अहिलेलाई हामी साथि नै ठिक छौँ  भनेको पनि ठिकै हो तर किन किन मलाई साथि भन्दा पनि माथिको सम्बन्ध अगाडि बढाउन मन लागिरहेको थियो।  


सुम्निमासँग अघिपछि झैँ कुरा भैराख्थ्यो। फेसबुक च्याटमा त अब उसले लभको एमोजीहरु पनि पठाउन थालेकी थिई। ति इमोजीहरु सहितको मेसेज ले मलाई झन् तरङ्ग पैदा गर्दिन्थ्यो। त्यहि तरंगले मलाई आशा र सपना पनि देखाइदिन्थ्यो।  


जून ५, विश्व वातावरण दिवस। त्रिचन्द्र युथ रेडक्रस सर्कलले त्यस दिन र्यालीको आयोजना गरेको थियो।  सहभागिताको लागि सम्पूर्ण कलेजको युथ सर्कललाई निमन्त्रणा पठाएको रहेछ।  सेन्ट्रल कलेजमा सुम्निमा अनि नेपाल कमर्स क्याम्पसमा म रेडक्रसमै भएकोले हामी पनि सहभागी हुने भयौँ। मेरो कलेजबाट म र मेरो पुरै टिम अनि उसको कलेजबाट ऊ र उसको पुरै टिम नै आएको थियो।  एक अर्काको टिम सँग हामी  दुईको माध्यमबाट चिनापर्ची पनि भयो।  त्रिचन्द्र कलेज को युथ रेडक्रस सर्कलको अध्यक्ष दाईले र्याली सुरु हुन लागेको घोषणा गर्नुभयो।  सबैले प्ले कार्ड बोके।  सुम्निमा र म चाँही र्यालीमा सँगै हिड्ने भनेर अघिल्लो दिनमै कुरा गरिसकेको थियौँ। हामी र्यालीमा स्लोगन गाउँदै हिड्यौं। 


त्रिचन्द्र कलेज बाट सुरु भएको र्याली हामी  बागबजार, पुतलीसडक, कमलादी, कमलपोखरी, मैतीदेवी, दिल्लिबजार  हुँदै फेरी त्रिचन्द्र कलेज पुगेर अन्त्य गर्यौं।  र्यालीमा सँगै  गफ गर्दै हिँडेको हुनाले होला खासै घामको पनि महसुस भएन।  उसले फोहोर घरमा कसरि व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा कुरा गर्थी।  उसको आइडियाहरु सेयेर  गर्थी।  


र्याली सकियो।  र्याली सकिसकेपछि प्यानल डिस्कसन कार्यक्रम पनि थियो।  १ घण्टा जति त्यहाँ नै बस्यौँ।  विज्ञहरुको सुझाव  सुन्यौँ।  करिब दिउँसोको ३ बजेको हुँदो हो, अब हामी निस्किउ न है भनि उसले।  मैले पनि हुन्छ निस्किम न त भने।  

त्रिचन्द्रबाट साथिहरुलाई बाइ भनेर हामी निस्कियौँ।  सुरज, अब म घर जान्छु होला तिमि कता जाने ? उसले सोधी।  

म पनि होस्टेल नै जान्छु यार्।  तर एकछिन् कफि खान जाउँ न त पुतलीसडकको त्यो कफी सप मा। मैले सोधे।  


मेरो कुनै योजना थिएन तर एक्कासी कफी खान जाउँ भनेर उसलाई भन्न पुगेछु।  उसले ले नाइँ भन्न सकिनछे क्यारे जाउ न त भानिहालेउ भनेर हास्दै भनि।  


घाम लागिरहेको थियो। सुम्निमाको एउटा छातामा म पनि अटाएँ।  त्रिचन्द्र देखि पुतलीसडक हिडेर नै गयौँ।  त्यहि कफी सप थियो जहाँ उसको सुन्दर रुपले मलाई पहिलो चॊटि काउकुति लगाएको थियो। फेरी त्यहिँ पुग्यौँ। उही कुनाको दुईवटा कुर्सि सहितको टेबल।  


घाम थियो। कफी खान गएको हामीले मोड फेर्यौं।  कफीको सट्टा हामीले लेमोनेड मगायौं।  


लेमोनेड नआउन्जेल हामी गफ गरेर बस्यौँ। उसलाई घरमा बिहेको कुरा चलाईरहेका रहेछन्। ओई, सुनन मलाई त घरमा बिहेको कुरा गरिराछन् यार्। रिस उठ्दो। उसले भनी।  


राम्रो केटा होला।  गर्देउ न त बिहे।  जिस्काउँदै मैले भने।  

तिमीले पनि बिहे गर भन्न छोडेनौ नि ? कस्तो होला ! उसले रिसाउदैं भनी।  


हे हे , हैन हैन , जिस्काइदेको। ब्याचलर नसकिन्जेल त बिहेको कुरा नै नगर्नु, मलाइ नचाइने तनाब नदिनु भन न। आफ्नो प्लान सुनाउ घरमा। मजाले सम्झाउ।  भैहाल्छ नि।  


यतिकै मा लेमोनेड आइपुग्यो।  मैले पिउन सुरु गरिहालेँ ।  उसले मलाई केहि भनम्ला जस्तै गरि हेरिरहि। मैले नि उसको अनुहार हेरेँ।  यतिकैमा उसले भनि, “सुरज,  Seriously saying, I think I am in love with you yaar !” 


मैले उसको यति मात्र आवाज के सुनेको थिएँ, चिसो चिसो अनुभव गरेँ र कतैबाट अर्कै आवाज आयो, “केटा कलेज छैन आज ?"


आँखा झल्यास्स खुल्यो। मेरो रुममेट दिपेश ले थोरै सिरक तानेर मलाई उठाउन खोजेको रहेछ। छेउमै रहेको मोबाईल हेर्दा बिहानको  ६:३० बजिसकेको थियो। मेरो कलेज ६:३० मा सुरू भैसक्थ्यो।  


सुम्निमाले बिपनिमा मात्र हैन सपनिमा पनि प्रेम प्रस्ताव राख्न बाँकी राखिन।  म फेरी उहिँ सोचीरहेको छु, आजको बिहानी पख को सपनिको अनुभव बिपनिमा पनि गर्न पाएँ ? 


Thursday, March 31, 2022

सुम्निमाको प्रेम प्रस्ताव !


                                                                 

सुम्निमालाई चिनेको करिब ६ वर्ष भैसकेछ।  ऊ र म कक्षा ११/१२ सँगै  पढेका थियौँ ।  देख्दा चुलबुले, पढ्नमा मेधावी अनि सुन्दरताको पनि धनि देखिन्थी ऊ।  म भने धेरै बोल्न रुचाउदैनथेँ  तर गृहकार्यको शिलशिलामा भने चाहिँ  साथीहरु सँग बोलिरहेको हुन्थेँ ।  सुम्निमासँग पनि नजानेको कुराहरु चाहिँ  सोध्ने गर्थेँ ।  ऊ पनि कहिलेकाहिँ भने मलाई पनि सोध्ने गर्थी।  

बिस्तारै सुम्निमासँग  घुलमिल हुन थालें । ऊ सँग बोल्न सजिलो लाग्थ्यो।  फेसबुकतिर पनि हाम्रो च्याट हुन थाल्यो।  


कक्षा १२ सकियो।  अब उसले र मैले सँगै पढ्ने दिन पनि सकियो । 


उसले माइक्रोबायोलोजी लिएर सेन्ट्रल कलेज मा स्नातक गर्ने निधो गरिछ।  म भने बि बि ए लिएर नेपाल कमर्स क्याम्पस मा पढ्ने भएँ ।  कहिले काहिँ उसँग कुरा भने भैराख्थ्यो।  


उसको र मेरो विचार मिल्दथ्यो।  ऊ स्वयंसेवक भएर अरुलाई सहयोग गर्न खुब रुचाउथी र म पनि। सायद यहि कारणले पनि होला ऊ र म आ-आफ्नो कलेजको युथ रेडक्रस सर्कलमा आबद्ध पनि भयौँ। अब झन् उसको र मेरो कुरा बाक्लिदै पनि गयो अनि हाम्रो विभिन्न कार्यक्रमहरुको शिलशिलामा पनि भेट हुन थाल्यो। उसको जिस्किने, बोल्ने अनि हस्मुख रहने बानि यथावत् नै थियो। भेटेको बेलामा या फेसबुक च्याटमा होस्, ऊ सधैँ राम्रो, परोपकारी अनि घत् लाग्ने कुरा गर्थी। आफ्ना कुराहरु सेयर गर्थी, मेरा कुराहरु सुन्थी अनि सहयोग पनि गर्थी।  साच्चै भन्दा मलाइ ऊ  असाध्यै राम्री लाग्थ्यो। म उसलाई मन पराउथेँ ।  


एकदिन उसले मलाइ कफि खान जाउम् न है भनेर पुतलिसडक बोलाइ।  म पनि खुसि भएँ ।  चिटिक्क परेर गएँ।  ऊ पनि कपाल छोडेर, नङमा खैरो खैरो पालिस लगाएर, पहेंलो रंगको टि-सर्ट, आउटर अनि फर्मल पाइन्ट लगाएर आएकी थिई। हामी संगै पुतलीसडक मा भेटेर कफि सप गयौं।  मैले क्याफे लाते मगाएँ उसले क्यापाचिनो।  सामान्य कुराकानी भयो। कफि खाँदै उसले मेरो र उसको कलेजको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरम्  न भनेर सुनाइ।  म पनि त्यो कुरामा सकारात्मक नै भएँ।  लगभग ४५ मिनेटपछि हामी आ आफ्नो बाटो लाग्यौं।  


बेलुका मैले उसलाई “It was a wonderful time with you” भनेर मेसेज पठाएँ।  

उसले “hehe…, Thanks for coming. I also enjoyed” भनी।  


उसले “तिमि बिहान कति बजे उठ्छौ ?” भनेर सोधी।  

मैले त्यस्तै ५ : ३० बज्छ उठ्दा, किन र ? मैले उसलाई फेरी सोधेँ।  

“Hehe.. atikai ho… la ma suteko hai, gn” उसले यति भनेर अफ भई।  

म पनि सुते अनि।  


भोलिपल्ट म उठ्दा भने ६:३० बजेको थियो।  उठेर Wi-Fi अन मात्र के गरेको थिएँ सुम्निमाको मेसेजले घन्टी टिङ्ग बज्यो।  अरु केहि नहेरी मैले उसको मेसेज हेर्न मन लाग्यो। उसले मेसेज ठ्याक्कै ५:३० मा पठाएकी रैछ।    


मेसेज यस्तो थियो “Good morning... Timilaai hijo kyaa Handsome dekhiyeko thiyo ni … ma ta hereko herei… :D … ani suna na I wanna say something …

I guess I am in love wid u yr.. I love you <3  


लभको एमोजी सहित को त्यो मेसेज देख्दा खुसीको सिमा नै रहेन।  मैले भन्न नसकेको कुरा उसले भनेकी थिई।  


मैले पनि हत्त न पत्त रिप्लाई गरेँ “aww.. so swt..I love you too… I could not express the feelings.. “ 


अब म बाँकी उसको रिप्लाई कहिले आउला भनी कुरिरहेको थिएँ।  उसलाई फोन गर्ने आँट भने आएन।  मेसेजको रिप्लाई  पनि आएन। म उसको मेसेज को प्रतीक्षामा छिन छिनमा मोबाइल हेरिरहेको थिएँ।  


दिउँसोको १ बजे तिर होला साएद उसको मेसेज आयो।  


“Hehehhehe budduuu… seriously lideko ? aaja april fool  ho .. i made u fool hahaha…  love pachi sochamlaa aile atikai thik cha .. tara timi ramro chau hai ..hehe


म निशब्द भएँ। केहि बोल्न आएन। ओके भनेर अफ गएँ।  


म मुर्ख भएँ  कि के भएँ थाहा छैन तर अझै त्यो मेसेज अप्रिल फूल बाहेक अरु दिनमा फेरी आइदियोस्  भनी पर्खिरहेको छु। 


April 1, 2022 



सुम्निमाको प्रेम प्रस्ताव❤️ भाग-२ पढ्न यहाँ क्लिक गर्नुहोस्


Thursday, May 27, 2021

मनोवाद : बाटो आत्महत्याको



स्थान :  काठमाण्डौं, डिल्लीबजार स्थित डेरा

समय : साँझको बजे

पात्र : रोहित नेपाल

 

(रोहित एक समलिंगी पुरुष हुन। उनी नाटकिय प्रस्तुतिमा पारङ्गत छन। टेलिभिजनमा कलाकारको रुपमा काम पनि गर्छन। सदा झैँ कामबाट फर्किदै गर्दा उनको एकजना पुराना साथीसंग बाटोमा जम्काभेट हुन्छ। भेटपछि दुख मनाउ गर्दै आफ्नो डेरामा पुग्छन्र मनमा अनेक कुरा खेलाउँदै छन्। )

भगवान्ले मलाई कुन जन्मको सजाय देका होलान ? (हातको मोबाइल ओछ्यानतिर फाल्दैमेरो शारीरिक बनावट मेरो भावना फरक छन्भनेर मलाइ किन सबैले होच्याएर, नराम्रो शब्दमा उल्ल्याउछन्?

के मेरो भावना चाहिँ भावना हैन ? मेरो इच्छा चाहिँ इच्छा हैन ? मैले अरुलाई देखाउनको लागि जबरजस्ती केटा कै व्यहोरा देखाउने पर्छ भन्ने कतै ? मैले बिराएको चै के छु ? (एकछिन निशब्द हुन्छन। आफ्ना यि अनेक प्रश्नहरुको उत्तर खोज्छन्तर पाउदैनन्। टाउकोमा हात राख्छन। भक्लक्क उत्तानो परेर पल्टिन्छन्। )

 

जन्मिँदा घर, परिवार अनि समाजका मान्छे खुसि थिए रे त। मेरा बा ले भोज नै खुवाएका थिए रे। सबैको माया पाएको मैले आज किन सबैको छि छि दुर दुर पाइरहेको छु ? मैले सानामा दिदीको गाजल, लिपस्टिक अनि टिका लुकी लुकी एक्लै हुदा लगाउँदा सबैले कत्ति नक्कल गर्न जानेको ? कती राम्रो क्युट देखेको , भोलि पर्सि त कलाकार नै बन्छ यो केटो भनेर वाह वाह गर्नेलेनै आज मलाइ किन हेप्छन्? किन देखि डराउँदै हिड्छन्?

आज कलाकार पनि बने आफ्नो खुट्टामा पनि उभिएको छु। पढाई पनि पुरा गरे। तर आज मैले त्यहि केटि मान्छेको नाटक गर्दा अनि मैले वास्तविक रुपमा केटीले गर्ने बानि व्यहोरा देखाउँदा किन मेरा आफ्नै नजिकका मान्न्छेले मन पराउँदैनन ? कम्तिमा मेरो घर, साथीभाई अनि आफन्तले मन पारिदिनु , उहाँहरुले नै घृणित रुपले मलाई किन हेर्छन ?

 

मलाई केटि बन्न मन लाग्छ, मलाई केटा नै पर्छ अनि केटा प्रति नै आकर्षित हुन्छु मेरो के दोष ? मेरो भित्रि मन ले नै त्यहि भन्छ के गरौँ? (लामो सास फेर्छन ) मैले केटिको जस्तो हर्कत गरे भनेर मलाई समाजलेछक्का”, “हिजडाअनि के के के के ट्याग लगाइदियो। हुन  आफ्नै घर परिवार बाट साथ सहयोग नपाएको अभागी ले अरु बाट के सम्मान आदर पाउँला र। यहि कारणले घर छाडे समाज छाडे सबैबाट टाढिए

 

आज कलाकार भए धेरैले चिन्छन मलाई तर मेरो समाज अनि आफन्तले किन चिन्न सकेको छैन मलाई ? मा किन घर परिवार अनि समाज बाट लखेटिए ? मैले के गल्ती गरेँ? हुँदा हुँदा आज आफ्नै साथी, जसलाई आत्मिय मान्थे उसले पनि मलाई मन दुखायो। मलाई उसले आजरोहित पुरै छक्का नै भएछस , अब देखि डराउनु पर्ने भयो, तैले बलात्कार गर्दिस भने मेरो इज्जत सबै लुटिन्छ हाहाहा......... “ किन भनेको होला ? अब साच्चै सबैको लागि हाँसोको पात्र नै बनेको हँु ?

 

मलाई बुझिदिने नजिकको मान्छे को होला यो संसारमा अब ? कतिन्जेल यसरि दबाबमा रहेर, आफ्नो भावना  मनलाई मारेर केटाको बानि व्यहोरा देखाँउदै हिड्नु ? खै मेरो स्वतन्त्रता ? मेरा यी हजारौ प्रश्नहरुको खै उत्तरकसले दिन सक्छ यी जवाफ ?

 

(मोबाइलमा फेसबुकको नोटिपिÞmकेसन कोटिङ्ग घन्टी बज्छ हेर्छन। स्क्रिनमा देख्छन उनको आजै भर्खर भेटेको साथीले राखेको स्टाटसधन्न आज मेरो केटाद्वारा नै बलात्कार भएन ........ हाहाहाह.........उनलाई झन पिडा हुन्छ रुन्छन डाँको छोड्छन टाउको बजार्छन अब बाच्नुको अर्थ छैन कति यसरि सहेर बाँच्नु यस्तो दबाब अनि घृणा सहनु भन्दा मरेकै बेस उनमा अब आत्महत्याको कुभाव जागेर आउछ किन हो किन उनी डोरी खोज्न थाल्छन )


Friday, October 2, 2020

आत्मग्लानि



कुरो करीब /१० बर्ष पहिलेको हो दिवस कमला मिल्ने साथी थिए । कमलाको परिवार पूस्तौ देखी रोल्पा
जिल्लाको सुन्दर गाउँमा बस्दै आएको छ । कमला कक्षा मा पढ्दै गर्दा उसको  दिवससँग भेट हुन्छ
दिवसको बुवाले आफ्नो सरकारी जागिर (सुब्बा) रोल्पा जिल्लामा गर्नु पर्ने भयो। त्यसैले आफ्नो जागिरको
सिलसिलामा सुन्दर गाउँ नजिकै को गाउँमा परिवारसहित बसाइ सरेर आउछन् दिवसलाई उसको बुवाले
कमलाले पढ्दै आएकी महाकाली माध्यामीक बिद्यालयमा कक्षा मा भर्ना गर्दिन्छन् 

कमला पढ्नमा तेज थिइ वार्षिक परीक्षामा  सधैं प्रथम हुन्थी दिवस पनि मान्छे बाठो नै थियो। कमलाको पढाईको उत्सुकता अनी लगनशिलता देखेर सबै दंग पर्थे उसको सानै देखी डाक्टर बन्ने ठुलो सपना थियो। उता दिवस पनि कम्ताको थिएन उसको बुवाले उसको पढाईमा सक्दो सहयोग गर्दथे छोराले नबुझेको कुरा सिकाइदिन्थे

कमला दिवसको बिचार  मिल्दथ्यो, कुरा मिल्दथ्यो। उनिहरु एक  अर्कालाई पढाईमा खुब सघाउथे। खाजासँगै बाडेर खान्थे दिवसलाई पाकेट खर्च पनि मिल्थ्यो कमलाको परिवारलाई भने खान लाउन धौ धौ थियो। कमला बुझ्थी पनि घरकै भुटेको मकै, भटमास सँग चित्त बुझाउथी दिवसले चाउचाउ बिस्कुट कमलासँग मिलेर खान्थ्यो भने कमलाको खाजा मकै पनि खुब रुचाउथ्यो उनिहरुको मित्रता देखी शिक्षकहरु पनि खुब तारिफ गर्थे

समय बित्दै गयो उनिहरु खेल्दै रमाउदै अनी सिक्दै एस.एल.सि पनि पास भए कमलाले फस्ट डिभिजनमा पास गरी दिवसले भने सेकेन्ड डिभिजन ल्यायो। दुबै खुशी भए दिवसले आफु पास भए सँगै उसको बुवाले उसलाई आइ.एस्सी. पढ्न छात्रव्रित्ती मिलाइदिएको अनी आफुलाई  काठमाडौं फुपुको घर पठाउन लागेको कुरा सुनायो। कमला उसको लागि खुशी पनि भइ केही हदसम्म भने खल्लो पनि मानी किनकी उसलाई दिवससँग छुट्टीन मन थिएन कमला ले दिवस लाई एकछिन हेरिरही भित्र दिवससँग को मित्रता अझ गाढा बनाउने भावना थियो

दिवसले कमला लाई झस्कायो "कमला के  भयो ? किन टोलाएकी ? सब ठीक ? "

" ! केही हैन ठीक छु काठमाडौं मा पनि राम्रो पढ है ? डाक्टर बन्नु शुभकामना तिमीलाई " कमलाले भनी

"तिमी चै के पढ्छौ नि ?" दिवसले सोध्यो

'खै यार केही टुङगो छैन हेर्दै जाउ के पो हुन्छ " घरमा बिहेको कुरा चलेको सम्झिदै आँखा भरी आसु पार्दै कमलाले प्रत्युत्तर दिइ

“लौ किन रोएकी ? के भयो? भोलिनै काठमाडौं जादै छु नि” उसले उत्साहित हुँदै भन्यो

"हैन आँखामा केही पर्यो जस्तो शुभ यात्रा है राम्रोसँग जाउ " कमलाले भनी

एस.एल.सि. को फस्ट डिभिजनको उसको खुशीले चिन्ता अनी दुख पनि निम्त्यायो।  कमलामा डर अनी चिन्ता बढ्दै गयो उच्च शिक्षा पढाउन को लागि आर्थिक अवस्था बलियो थिएन समाजमा चली पनि आएको अनी आफन्तजनको प्रभावले पनि होला  कमलाको बुवा आमाले उसको बिहे गर्दिने निधो गरे। उसका आफन्त बाट पनि उसको बिहेको लागि केटाको प्रस्ताव आयो। कमलाले नाइ भने पनि उसको केही लागेन उसको पक्ष मा बोल्दिने कोइ पनि थिएन  

कमला दिवसलाई झलझली सम्झिन्थी अझ भनौ उसमा दिवस प्रतिको मायाको टुसा पलाउनै लागेको थियो तर अपसोच ! त्यसै बखतमा उनिहरु छुट्टीन पुगे। उता दिवस पनि सुरु सुरुका दिनहरुमा कमला लाई खुब सम्झिन्थ्यो तर पढाईमा केन्द्रित भएर नयाँ बातावरणसँग घुल्मिल भइ आफ्नो लक्ष्य तर्फ लम्कनु नै थियो बिस्तारै समय बित्दै गयो उसले आइ एस्सी पनि पास गर्यो अनी उसले बर्ष कुरेर मिहेनत गरेर एम.बि.बि.एस. को  छात्रव्रित्तीमा नाम पनि निकाल्यो। निकै खुशी भयो उसलाई त्यो खुशी कमलासँग साट्न मन थियो अनेक गर्यो कमलालाई संपर्क गर्न तर सकेन

यता घरको आर्थिक अवस्था, सामाजिक अज्ञानता लागएतका कुराहरुले कमलाको उच्च शिक्षाको बाटोमा अबरोध खडा गर्दिए कमला भने कसैकी श्रीमती, कसैकी बुहारी, अनी  कसैकी भाउजु बनिसकेकी थिई उसले यि सबै पात्रको भूमिका निभाउनु नै थियो उसको डाक्टर बन्ने सपना पारी डाँडाको सुनछहरी झरना बाट बग्ने पानी सगै बगिसकेको थियो। त्यही हो बिहे भएपछी आफुलाई इच्छा होस् या नहोस् आफ्नै बा, आमा, सासुआमा , ससुराबा लाई नाती नातिना खेलाउने रहर त्यो पनि उसले पुरा गरिदिनु नै थियो बिवस थिइ अहिले छोरी छोरा को आमा बनिसकी

दिवस भने उता एम.बि.बि.एस. को  पढाई सकेर डाक्टर बनीसकेको थियो उसको बुवाको सरकारी नोकरिको प्रभावले पनि होला उसले सरकारी मेडिकल अधिक्रित हुने योजना पनि बनायो। पढ्यो, नाम पनि निकाल्यो रोल्पाकै जिल्ला अस्पतालमा उसको पोस्टिङ् पनि भयो। रोल्पा जिल्लासँग उसको भावना पनि जोडीएको भएर पनि होला खुशीले आफ्नो कार्यस्थल तर्फ लम्कियो

त्यसैबिचमा कमला को भर्खरको छोरो लाई सन्चो हुँदैन कमला पहिले नै देखी स्वास्थ्यमा सम्वेदनशिल थिइ उसले छोरालाई लिएर डाक्टर कहाँ लैजाने निधो गरी श्रीमानसँग छोरालाई लिएर रोल्पा जिल्ला अस्पतालमा पुगी अस्पताल  घुइचो नै थियो करिब घण्टाको कुराइ पछी .पि.डि कक्ष मा उसको पालो आयो डाक्टर डेस्क मा लेखिएको थियो " डा. दिवस कोइराला, मेडिकल अधिक्रित " झसँग भई एकचोटी दिवस पनि हेरिरह्यो कतै पहिलै देखेको मान्छे जसरी दिवसले परामर्श दिने क्रममा ठम्म्यायो कि उक्त बच्चा बोकेकी महिला उसकै प्रिय साथी कमला रैछे दुबैजनाले एकले अर्कालाई चिने दुबैजना बोल्न सकेनन। दिवसले प्रेस्क्रिप्सन मा औषधी लेखिदियो त्यो प्रेस्क्रिप्सन लिएर कमला उसको श्रीमान बहिर निस्के अनी फर्मेसी तिर लागे

कमला निस्के सगै दिवस एकछिन अल्लमल्ल मा पर्यो उसलाई बिपनी पनि सपनी जस्तो लाग्यो सोचमग्न भयो कता कता किन हो किन  उसलाई आत्मग्लानि पनि महसुस भयो, "आखिर मैले पाएको जस्तै  अवसर मलाई नै सिकाइदिने अनी भन्दा पनि मेधावी मेरी साथीले किन पाइन ?" आजभोलि हरेक बिरामी जाच्दा उसले कमला लाई सम्झन पुग्छ तर उसले आफ्नो पेसालाई भने न्याय गरीराखेको  

 

धर्मले त जोड्न सिकाउँछ

मन्दिरको घण्टी बजोस्, या, मस्जिदको अजान गुञ्जियोस्, या, गुम्बाको मन्त्र सुनियोस्, या, चर्चको घण्टी झन्कियोस्, या, गुरुद्वारामा कीर्तन घन्किय...