Sunday, February 13, 2022

आजकाल भ्यालेन्टाइन लाग्यो रे !




माया गर्ने हरुको आजभोलि

खुब चहल पहल बढ्यो रे 

बजारमा गुलाबको भाउ पनि बढ्यो रे 

टेड्डी अनि चक्लेट पनि 

धेरै बिक्यो रे 

किनकि आजकल भ्यालेन्टाइन लाग्यो रे।  

 

मायाको नाउँमा ब्यापार पनि बढ्यो रे 

कसम खाने हरु त कत्ति हुन् कत्ति रे 

उता ब्यापार पनि चंग छ रे 

यता कसम पनि दङ्ग छ रे 

पेट्रोल, डिजेलको भाउ मात्र  मात्र हैन 

मायालु को भाउ पनि बढ्दै छ रे 

किनकि आजकल भ्यालेन्टाइन लाग्यो रे। 

 

फेसबुकइन्स्टाग्राम र स्नाप्च्याटमा 

फोटो पनि बढ्यो रे 

धेरैको माया पनि बढ्यो रे 

उता पार्कतिर भने 

बदाम, सुन्तला र चक्लेटको खोस्टा पनि बढ्यो रे 

जोडीहरुको सङ्ख्या त बढेको बढै छ रे 

किनकि आजकल भ्यालेन्टाइन लाग्यो रे। 

 

यता म भने यी सब कुरा हेरेको हेरै छु 

फेसबुक र इन्स्टाग्राम मा लाइक ठोकेको ठोकै छु 

मायाको कविता र गजल लेखेको लेखै छु 

सबैको दाजुभाई बनेको बनै छु 

तर पनि 

माया गर्ने मायालुलाई खोजेको खोजै छु। 

 



No comments:

Post a Comment

धर्मले त जोड्न सिकाउँछ

मन्दिरको घण्टी बजोस्, या, मस्जिदको अजान गुञ्जियोस्, या, गुम्बाको मन्त्र सुनियोस्, या, चर्चको घण्टी झन्कियोस्, या, गुरुद्वारामा कीर्तन घन्किय...