Friday, March 10, 2023

तिमि त्यसरी आयौं।



तिमि पोखरीमा ढुङ्गा खसाल्दा पैदा हुने 

रिप्पल इफेक्ट झैं मेरो जीवनमा आयौं 

तिमि चैतको अति उष्ण हावापानीमा 

परेको झरी भै मेरो जीवनमा आयौं 

तिमि त्यति बेला आयौं 

जतिबेला कोहि थिएन 

तिमि त्यति बेला आयौं 

जतिबेला मेरो मन पनि मसँग थिएन 

तिमि त्यसरी आयौं 

जसरी एक मुठी सास दिनको लागि 

हावा पनि आएन।


तिमि म गलेको बेलामा 

भिटामिन  बनि आयौं 

मलाई दुषित हावाबाट बचाउन 

माक्स बनि आयौं 

कहिले सीटामोल बनि आयौं 

कहिले मल्हम, पट्टि अनि ब्यान्डेज बनि आयौं

त कहिले अन्धकारमा लाल्टिन बनि आयौं।


थाहा छ तिमीलाई ? 

तिमि अहिले कहाँ छौँ ? 


तिमि मेरो सोच्ने प्रक्रियामा छौँ

तिमि मेरो बोल्ने कलामा छौँ

मेरो चट्ट मिलेको ड्रेस अपमा छौँ

मेरो भावनामा, मेरो संयमतामा 

अनि मेरो शालीनतामा छौँ।


तिमि मेरो आशामा छौँ

मैले देखेका सपनामा छौँ

तिमि छौँ र त मेरा अनगिन्ति बग्रेल्ती सपनाल आकार लिदैं छन् 

मैले असम्भव देख्ने कुराहरु सम्भव हुदैं छन् 

तिमि थियौं र त म यो ठाउँमा छु 

तिमि छौँ र त जिउनुको मजा लिएको छु 

रातमा मिठो निन्द्रा पाएको छु 

काममा जाँगर पाएको छु 

कर्ममा सफलता पाएको छु 

अनि निधारमा भाग्यको रेखा पाएको छु।


जसरि मलाई उर्जा दिन आयौं

त्यसरी तिमीलाई पनि सफलताको तरङ्ग दिन सकूँ

तिमीलाई थकाई लाग्दा सिरिर्र हावा चल्ने चौतारी बन्न सकूँ

तिम्रो कुरा सुनिदिने कानहरु बन्न सकूँ

तिमीले देखेका सपनाका बाटोको खुड्किलो बन्न सकूँ

झरी बादलमा तिमीलाई जोगाउने ओत बन्न सकूँ 

सधै उत्प्रेरणा दिने ओठ बन्न सकूँ 

तिम्रो घाउमा पट्टि बन्न सकूँ 

तिमि उकालो चढ्दै गर्दा तिम्रो लठ्ठी बन्न सकूँ 

सधै भरि तिम्रो मुठी बन्न सकूँ।



प्लेन डायरी (Plane Diary)

चालिस हजार फिट माथि जहाज उडिरहेको छ। जहाजसँगै यो शरीर त उडेकै छ, साथमा यो मन पनि उडिरहेको छ। जहाज त आफ्नै गन्तव्यमा पुगेपछि रोकिएला, सायद १४...