Tuesday, September 29, 2020

साग



भदौको अन्तिमले बर्षा ऋतुलाई टुङ्ग्याए सँगै 

चाडवाडको ऋतु शरद को आगमन सँगै 

गाउँघरका घरबारी अनी करेसाबारी 

का पुन: हरियाली हुन लागे 

जमिनको माटो ढपक्कै ढाकि

थाहा के ले

तपाईं हाम्रै लोकप्रिय तरकारी 

सागको पातले  

 

सागको रुप पनि अनेक देखिन्छन्  

लट्टा पर्ने तोरी  देखी 

नाङ्लापाते रायो सम्म

डन्ठे मुला देखी 

लत्रेको पालुँगो सम्म

खेतमा पाइने बेथेलट्टे होस् या 

खोला खोल्सा तिर पाइने लुडे नै किन नहोस्  

मेथी, चम्सुर अनी सुप हरेक करेसाबारिमा भेटिन्छन्    

  

यस्को रुप अनुसार 

मान्छेको पनि -आफ्नो रोजाइ  

मेरा तल्लाघरे माइलाबा 

चम्सुरको साग भने पछी हुरुक्कै 

पल्लोघरे सानीमा चै 

रायोको साग पापछी फुरुक्कै 

माथ्ला घरे दाइलाई

मुलाको साग मन पटक्कै नपर्ने  

जे होस् 

जिब्रोको स्वादलाई सम्मान गर्दै 

यस्को हरेक रुपको बजारमा खोजाइ  

 

तर जे जस्तोसुकै रुपमा होस् 

सागले आफ्नो धर्म भने छाडेको छैन 

भिटामिन, खनिज दिने एस्ले 

आफ्नो कर्मलाई मोडेको छैन 

यस्तो उपकारी अनी ज्ञानी सागको 

रुप नाम अझ फैलिवोस 

मेरो शुभकामना  यसलाई 

किसानलाई राम्रो दाम दिवोस   

 

अन्तिममा कचोटी सोचबिचार गरौ ...................

के हामी मानव जातिले पनि ....

सागले झै सर्बप्रिय हुने कर्म गरेका छौ त ?

सेवारुपी साझा मानब धर्म निभाएका छौ त ? 

 

( नोट : हरिया सागपात हाम्रो शरीर लाई नभइ नहुने भिटामिन (A) खनिज पदार्थको राम्रो स्रोत हो तर हरिया सागबाट पाइने फलाम (Iron) हाम्रो शरीरले भिटामिन "सि"को उपस्थितिमा मात्र राम्रो सग सोस्न सक्छ। त्यसैले सागको तरकारी सगै भिटामिन "सि" युक्त खानेकुरा जस्तै गोल्भेडाको चटनी, कागती तथा अमिलो जन्य कुरा खायमा सागपातबाट पाइने फलाम तत्व सजिलै शरीर ले सोस्न सक्दछ।

 

No comments:

Post a Comment

प्लेन डायरी (Plane Diary)

चालिस हजार फिट माथि जहाज उडिरहेको छ। जहाजसँगै यो शरीर त उडेकै छ, साथमा यो मन पनि उडिरहेको छ। जहाज त आफ्नै गन्तव्यमा पुगेपछि रोकिएला, सायद १४...