Saturday, September 11, 2021

बा, अब म विदेश जाने !

 


बा, अब म विदेश जाने !

उतै रहेछ कामको राम्रो दाम आउने 

साथीभाई, छरछिमेक अनि आफन्तबाट पनि वा वा पाइने

तिम्रो जिवनमा पनि सुखका घाम उदाउने 

त्यसैले बा, अब म विदेश जाने ! 


पढाई र अनुभव भएर  पनि के गर्नु 

यहिँ रहेछ सोर्स फोर्सको जाम लाग्ने 

नोकरी पाईहाले पनि 

थकाई मार्नै नपाइने 

टेबलमा कामको थुप्रो चाङ्ग लाग्ने 

काम थोरै बिग्रिदा गालि अनि गलोच खाइने 

दैनिक आठ घण्टा महिनौ काम गर्दा 

जम्मा तेह्र हजार पाच सय पाइने 

सरकारलाई त्यसमाथि कर चाहिने 

त्यसैले बा, अब म विदेश जाने ! 


उता भाडैं माझेपनि कामको सम्मान पाइने 

यता म्यानेजर नै भएनि डेराभाडा तिर्नलाई धौ धौ मा परिने 

उता कठिन समयमा सामाजिक सुरक्षा अनि राहत पाइने 

यता भाको तलब पनि आधा मात्र हाता लाग्ने 

महंगी र करको चपेटामा कति पर्ने 

पढ्दा लागेको ऋण कहिले तिरी सक्ने ? 

त्यसैले बा, अब म विदेश जाने ! 


त्यहि नाटक र नौटंकीको दोहोरि कति सुन्ने 

आश्वाशनबाट देखाइएका सपना कति बुन्ने 

लेमिनेसन गरेको ए प्लस वाला सर्टिफिकेट कति हेर्ने 

बदलिरहेने कुर्सिको अनुहार कति देख्ने 

नेताहरुको रंगमंच देखेर कति दिक्क हुने 

त्यसैले बा, अब म विदेश जाने ! 


सपना पनि तेती भयङ्कर त  छैनन् 

तिमीलाई त्यो झुपडी र पाखो बारीको संसार बाट कहिले काँही बाहिर घुमाउने 

विभिन्न स्वादका परिकार पनि चखाउने 

तिम्रो धरमर धरमर हुन लाइसकेका पाता पाखुरा तंग्र्याउने 

त्यसैले बा, अब म विदेश जाने ! 

नाइ नभन बा , अब म विदेश जाने !


Where My Heart Remains

There, my people, my mountains, my communities buried beneath glacier and debris. Here, I am far away, but my heart is not here. My eyes flo...