Wednesday, August 26, 2020

मागेर केही हुन्न

 


परिश्रम बिनाको सफलता मन्दिरमा मागेर केही हुन्न 

मिहेनत र दु:ख देखी डराइ डराइ भागेर केही हुन्न । 


आफ्नो इच्छाशक्ती अनी क्षमता थाहा नपाईकन 

लक्ष्य पुरा गर्नलाई अरुको लहै लहै मा लागेर केही हुन्न । 


आफ्नो बुद्धी अनी बलको सही इस्तमाल पहिला गर 

मुर्तिको अगाडि गई भाकल भाकेर केही हुन्न । 


मिहेनत को बिउ ठीक समयमा ठीक ठाउँमा रोप्नु पर्छ 

अन्धाधुन्ध रातो दिन जागेर केही हुन्न । 


आँफैलाई पहिला चिन्ने गर आफु  माथि विश्वाश राखी 

समयको बर्बादी गरी आँफैलाई ठगेर केही हुन्न । 


सकारात्मक सोच राखी सबैको हित गर 

छलकपट गरी अरुको कुभलो चाहेर केही हुन्न । 

5 comments:

  1. Akdam ramro cha !!!afulae afulai chinera aghi badnu parcha aru ko ris garera kailae aghi badidaina ramro sandesh thenae type ko cha poem

    ReplyDelete
  2. Wow it's awesome suraj.. Keep shining.. All my best wishes to you

    ReplyDelete
  3. Wow it's awesome suraj.. Keep shining.. All my best wishes to you

    ReplyDelete

#OneMoreFellow Campaign: Another Milestone in my leadership journey

                      It is said that sometimes you just need a small ignition to make things happen. It was the meeting with Shrochis Karki...