माया बुझ्दै छु बल्ल मलाई यस्तो गर्न मन छ
मायाको नजरले विश्व हेरी हाँस्दै मर्न मन छ ।
सहयात्राी कोही चाहिदो रहेछ यक्लै हुँदा गाह्रो
पिरतिका जङघारहरु तिमी सगै तर्न मन छ ।
अन्धकार पो छ कि अहो ! मायाको यो संसार
तिम्रै हात पकड्दै स्नेहको उजेली छर्न मन छ।
केही बर्ष त भयछ है सँगै हुने वाचा गर्या
तिमीलाई नै अंकमाल गर्दै सधैं अगाडि सर्न मन छ ।
निराशालाई आशा बनाइ सगै सगै बसौम्ला
बगैचा मा मायाको सुगन्ध सगै चर्न मन छ ।
आउँदैन भन्दिन कहिल्यै पनि रिसरागका भावनाहरु
त्यही बखतमा रिसको ओराली सगै झर्न मन छ ।
तिम्रो प्रवेशले जिन्दगीलाई निकै उत्साहित बनाइदियो
तिम्रै मायाको खाडलमा सयौ जुनी पर्न मन छ ।
-9 Sept 2020
Nice 😍😍🤗
ReplyDeleteNice 😍😍🤗
ReplyDelete