Wednesday, September 9, 2020

मलाई यस्तो गर्न मन छ

 Heart symbol - Wikipedia

माया बुझ्दै छु बल्ल मलाई यस्तो  गर्न मन छ 

मायाको नजरले विश्व  हेरी  हाँस्दै मर्न मन छ ।  


सहयात्राी कोही चाहिदो रहेछ यक्लै हुँदा गाह्रो 

पिरतिका जङघारहरु तिमी सगै तर्न मन छ । 


अन्धकार पो छ कि अहो ! मायाको यो संसार 

तिम्रै हात पकड्दै स्नेहको उजेली छर्न मन छ। 


केही बर्ष त भयछ है सँगै हुने वाचा गर्या

तिमीलाई नै अंकमाल गर्दै सधैं अगाडि सर्न मन छ ।


निराशालाई आशा बनाइ सगै सगै बसौम्ला 

 बगैचा मा मायाको सुगन्ध सगै चर्न मन छ । 


आउँदैन भन्दिन कहिल्यै पनि रिसरागका भावनाहरु 

त्यही बखतमा रिसको ओराली सगै झर्न  मन छ । 


तिम्रो प्रवेशले जिन्दगीलाई निकै उत्साहित बनाइदियो 

तिम्रै मायाको खाडलमा सयौ जुनी  पर्न मन छ ।  


-9 Sept 2020 

2 comments:

प्लेन डायरी (Plane Diary)

चालिस हजार फिट माथि जहाज उडिरहेको छ। जहाजसँगै यो शरीर त उडेकै छ, साथमा यो मन पनि उडिरहेको छ। जहाज त आफ्नै गन्तव्यमा पुगेपछि रोकिएला, सायद १४...