Thursday, September 10, 2020

सस्तो छैन जीवन

 


बारम्बार सुन्छु त्यही नराम्रो समाचार यस्तो भइराछ किन ? 

आमा बाबुको गुण सम्झ त पहिले सस्तो छैन जीवन । 


सपना त होलान तिमीले नि बुनेको पुरा गर्छौ चै कैले ?

छोड्देउ कुविचार अगाडि बढ अब द्रिढता लीइ जैले ।  


आमा कती खुशी छिन होलिन अहिले तिमी ठुलो भयो भनी 

बाउ छाती फुलाई भन्दा हुन गाउमा सन्तान छन मेरो पनि 


तिम्रा नि हुँदाहुन मनको प्रिय मान्छे साथीभाइ आफन्तजन 

के देख्न पाउलाउ र आफ्नै ज्यान फालेर लौ यती मलाई भन । 


अमुल्य है यो मानव चोला अनुभव लिन अझ बाँकी छ 

अगाडि बढ लौ लम्की लम्की अगाडि प्रकृति  नै साछी छ । 


जीवन र प्रकृति सगै हेर्दा लाग्छ क्या दामी संगम अहो !

आत्महत्या सार हैन जीवनको अब यती  मात्र कहो । 


यि सब महत्व बुझिकन फेरी बुचपचाइराछौ चै किन ?

टुप्लुक्क खस्या हैनउ पृथ्वीमा सस्तो छैन जीवन । 


-10 Sep 2020

विश्व आत्महत्या रोकथाम दिबस 

No comments:

Post a Comment

Where My Heart Remains

There, my people, my mountains, my communities buried beneath glacier and debris. Here, I am far away, but my heart is not here. My eyes flo...