Wednesday, August 19, 2020

बा

 




म जन्मेको दिन खुशी हुँदै.....

मुहारमा अनेकौ अमुल्य मुस्कान लिदै,

आफ्नो खुशी सबै सँग साट्दै,

गाउँ चाहरेको थियौ रे...

मेरो छोरो जन्मियो भन्दै । 


मलाई हुर्काउदै जाँदा.......

चस्याक्क मलाई केही हुँदा,

पिठ्युमा बोकेर औषधी पसल अनी अस्पताल कुदाइहाल्ने,

मेरो रुघा लागेको नाके स्वर  सुन्ने बितिकै,

बेसार पानी अनी तुलसिको पात खुवाउन लाग्ने,

ज्वरो आयछ कि भनेर बारम्बार....

मेरो निधारमा हात राखी अनुभव गरी हाल्ने,

अहो ! कती माया है ? 

मेलापात जाँदा पायको खाजा चिउरा दालमोठ, 

प्लास्टिक मा पोको पारेर घरमा मलाई नै ल्याइदिने । 


खेतबारिको माटो मा सधैं टेक्दा टेक्दा फुटेका तिम्रा कुर्कुच्चा...

सधैं भकारो अनी गोबर को गंधमय हात,  

भारी बोक्दा बोक्दा नाम्लोको डाम देखिने निधार,

अनी मैलो  त्यो कछाड, 

तेही लाग्छ मलाई सर्व श्रेष्ठ , अनी तेही लाग्छ अनी नै सुन्दर । 


हो, यिनी नै हुन मेरा  बा ....

म बिस बर्ष कटि सक्दा पनि सानै देख्ने,

मेरो सानो सानो खुशीमा रमाउने 

मेरो केही काम नबन्दा 

चिन्ताले होला...

सालको पातमा सुर्ती बेरेर धुवा  उडाउने,

 केही काममा अघी सर्दा ...

त सक्दैनस यो काम , घरमै बस भनी अराउने । 


जती गरे पनि सक्दिन तिम्रो बर्णन गर्न .............

तिमीले मेरो लागि गरेको त्याग फर्काउन ................


तर बा, 

तिमी नै हौ ......................... 

मेरो  पथप्रदर्सक , 

मेरो उत्प्रेरक, 

मेरो मार्ग निर्देशक,

मेरो हासो अनी हरेक सफलताको कारक,

त्येसैले बा  ...

तिमी नै हौ  मलाई आज यहाँसम्म पुर्याउने,

लक्ष्य पनि मेरो एउटै छ, 

तिमीलाई सदा सदा हसाउने अनी 

PROUD FEEL गराउने । 


Happy Father's Day !!!

3 comments:

Where My Heart Remains

There, my people, my mountains, my communities buried beneath glacier and debris. Here, I am far away, but my heart is not here. My eyes flo...