Wednesday, August 5, 2020

लकडाउन, तिमी, म अनी भावनात्मक बुद्धिमता (Emotional Intelligence)

लकडाउनमा,.......

सडकमा सवारी साधन पातलिए,

अफिसमा कर्मचारी पातलिए,

मन्दिरमा भक्तजन पातलिए,

बाटोघाटोमा बटुवा पातलिए,

साथसाथै..........................

मेरो मोबाईलको कल लगमा 

तिम्रो नाम पातलियो,

तिम्रो र मेरो च्याट बक्समा 

मेसेज अनि टेक्स्ट पनि पातलियो, 

मेरो मनमा काउकुति लगाईदिने

तिम्रा कर्णप्रिय शब्दहरु पातलिए,

खै किन थाहा छैन,

मन नभएको पनि हैन,

तर, एकाएक बोलीचाली पातलिदै जादाँ, 

म चाहिँ अतालिए ।


बिहानै गूड मर्निङ, अनि राती गड नाइट मेसेज 

देखिरहने बानी

एकछिन फुर्सद पायो कि

जिस्की हाल्ने हामी 

ओहो !

मलाई त तिम्रो बानी परी सकेछ,

मेरो दिमागले जताततै

तिमीलाई नै देख्दो रहेछ, 

तर अफसोच, तिमी छैनौ आँखा अघि 

सायद, आँखा र दिमागको सम्बन्धमा पनि त्रुटि आएछ । 

किनकि तिमि पनि घरमा 

म पनि घरमा । 


कहिले काहिँ त शङ्का पनि लाग्छ हौ....

बोलीचालीको साथमा कतै हाम्रो

माया पनि त पातलिएको  छैन ?

ए..................

मैले त आपm्नो भावना मात्र सोचिरा रैछु

कतै तिमी पनि त म जस्तै अतालिराको त हैन ?

 

तर म कहिलेकाहिँ सोच्छु अनि खोज्छु

आखिर किन यस्तो लागिरहेछ ? 

किन हाम्रो मन यसरी अतालिदै छ ? 

हामीमा धैर्यता नभएको त हैन ? 

कि हामीले स्वंमलाई नियन्त्रणमा राख्न सक्या छैन ?

कतै एकले अर्काको अवस्था अनि भावनाबारे नसोचेको हो ? 

अथवा हामी दवैले हाम्रो बाह्य वातावरणसगँ रम्न नसकेको?

खै, के हो के हो, अझ बझ्न सक्या छैन......

सायद हामीमा भावनात्मक बुद्धिमता (Emotional Intelligence) नभएको त हैन ? 




No comments:

Post a Comment

#OneMoreFellow Campaign: Another Milestone in my leadership journey

                      It is said that sometimes you just need a small ignition to make things happen. It was the meeting with Shrochis Karki...