लकडाउनमा,.......
सडकमा सवारी साधन पातलिए,
अफिसमा कर्मचारी पातलिए,
मन्दिरमा भक्तजन पातलिए,
बाटोघाटोमा बटुवा पातलिए,
साथसाथै..........................
मेरो मोबाईलको कल लगमा
तिम्रो नाम पातलियो,
तिम्रो र मेरो च्याट बक्समा
मेसेज अनि टेक्स्ट पनि पातलियो,
मेरो मनमा काउकुति लगाईदिने
तिम्रा कर्णप्रिय शब्दहरु पातलिए,
खै किन थाहा छैन,
मन नभएको पनि हैन,
तर, एकाएक बोलीचाली पातलिदै जादाँ,
म चाहिँ अतालिए ।
बिहानै गूड मर्निङ, अनि राती गड नाइट मेसेज
देखिरहने बानी
एकछिन फुर्सद पायो कि
जिस्की हाल्ने हामी
ओहो !
मलाई त तिम्रो बानी परी सकेछ,
मेरो दिमागले जताततै
तिमीलाई नै देख्दो रहेछ,
तर अफसोच, तिमी छैनौ आँखा अघि
सायद, आँखा र दिमागको सम्बन्धमा पनि त्रुटि आएछ ।
किनकि तिमि पनि घरमा
म पनि घरमा ।
कहिले काहिँ त शङ्का पनि लाग्छ हौ....
बोलीचालीको साथमा कतै हाम्रो
माया पनि त पातलिएको छैन ?
ए..................
मैले त आपm्नो भावना मात्र सोचिरा रैछु
कतै तिमी पनि त म जस्तै अतालिराको त हैन ?
तर म कहिलेकाहिँ सोच्छु अनि खोज्छु
आखिर किन यस्तो लागिरहेछ ?
किन हाम्रो मन यसरी अतालिदै छ ?
हामीमा धैर्यता नभएको त हैन ?
कि हामीले स्वंमलाई नियन्त्रणमा राख्न सक्या छैन ?
कतै एकले अर्काको अवस्था अनि भावनाबारे नसोचेको हो ?
अथवा हामी दवैले हाम्रो बाह्य वातावरणसगँ रम्न नसकेको?
खै, के हो के हो, अझ बझ्न सक्या छैन......
सायद हामीमा भावनात्मक बुद्धिमता (Emotional Intelligence) नभएको त हैन ?
No comments:
Post a Comment