Wednesday, September 2, 2020

बेसार

Amazon.com : 2 LB ORGANIC TUMERIC Root Powder 100% Pure (Curcuma Longa)  TURMERIC, : Grocery & Gourmet Food


आजकाल बेसार मख्ख छ 

उ आँफैमा चङ्ग छ ।  

किनकी आज उसकै चर्चा छ 

जता ततै उसकै मात्र पर्चा छ । 


नेता देखी जनता सम्म

झुपडी देखी महल सम्म । 

कोरोनाको खुब चहलपहल छ 

त्यसैले होला बेसारको खुब खहल छ । 


पितृकार्यमा नभइ नहुने 

देवकार्यमा पनि मजाले चल्ने । 

दान लिनेले पनि आँखा तन्काउछ 

बेसार खुब गदगदाउछ । 


बेसार छ सर्बगुणी 

बिहान दिउसो बेलुका नभइ नहुनी । 

के छ एस्मा यस्तो तत्व ? 

खुब बद्दै छ यसको महत्व । 


मसलाको राजा भैसक्यो 

बजारमा खुब भाउ खाइसक्यो । 

त्यही पनि छ अझै यसकै जिउ जिउ 

बेसार नै किन्छु बरु छोड्दिन्छु घिउ । 


पधेरे गफ होस् या नेताको भाषण 

चारै तिर जमाइसको यस्ले शासन । 

यस्को खुब रङग छ 

बेसार आजकाल दङग छ । 


भान्सामा होस् या पूजामा 

बिहान बेलुकाको भुजामा । 

उत्तर दक्षिण बनाइसको क्षेत्र 

सपनिमा देखे नि खुल्छ सबको नेत्र । 


बेसार आजकाल आँफै देखी छक्क छ 

उ धेरै नै मक्ख छ । 

सबको रोजाइमा परेको छ 

आफु स्वावलम्बी बनेको छ । 


नाम कहलियोस त यसको जसरी 

यसले अवसर लाई बुझेको पनि कसरी ? 

यकायक आफुलाई मार्केटमा बिकायो 

मानवलाई  पनि गजब को पाठ सिकायो । 


बेसारले छाप नछोडेको ठाउँ छैन 

यस्लाई नचिन्ने कुनै गाउ छैन । 

मेरो पनि बधाई छ यस्लाई 

प्रतिरोधी बनाउनु है सब्लाई । 


बेसार तिमी अझै चम्किदै जाउ 

प्रतिरोधी बनाइ सबैलाई बचाउ । 

कहलाउदै अझै आफ्नो नाम

 किसान लाई देउ अझ राम्रो दाम ।


(नोट : बेसारमा पाइने कर्कुमिन भन्ने तत्व ले हाम्रो शरीरको रोग प्रती लड्ने क्षमता लाई बढाउन सहयोग गर्छ। उक्त तत्व पानीमा घुल्दैन तर तेलमा घुल्छ। त्यसकारण तरकारी पकाउदा तेलमा बेसार हाली पकायर खायमा यसलाई शरीर ले सजिलै सोस्न सक्दछ। बेसार पानी पकाउदा भने मरिच राखी पकाउदा यसलाई शरीर ले सजिलै सोस्न सक्दछ। ) 


 


2 comments:

I Meet Myself

Sometimes I meet myself in the mirror of a mistake. Not to be broken, but to be shown where healing was needed, where pride stood too ta...