लेख्न थाले गजल मैले तिमीलाई पाएपछी
मन मस्तिस्क मै तिम्रो तस्बिर बारम्बार आएपछी।
आँफैमा खुशी देख्न थालेको छु आजकाल
सुख दु:ख तिमी सगै साट्न थालेपछी ।
आट , हिम्मत बड्दै छ सिक्दै छु रिस्क लिन पनि
हौसला र उत्प्रेरणा को गीत तिमीले नै गाएपछी ।
सपना त सपनै हो भनी देख्न पनि सिकायौ
भन्छौ जहिले सम्भब छ सबै सगै पाइला चालेपछी ।
मन नै आनन्दित भाको छ छैन सुर चिन्ता
मायाको मिठो सितलपन जीवनभरी छाएपछी ।
कहाली लाग्दो लाग्ने जीवन अहिले सार्थक देख्दै छु
अहो ! धन्य पो भएको छु म तिमीलाई पाएपछी ।
Oh ho !!!waaa waa
ReplyDeleteDami
heheh.. Dhanyabbad Karishmaa !!
DeleteA beautiful art piece of writing! keep writing !! keep shining !!!
ReplyDeleteThank you :)
Delete