Tuesday, September 1, 2020

तिमीलाई पाएपछी ........

 Love as a consciousness state | Voices of Youth

लेख्न थाले गजल मैले तिमीलाई पाएपछी 

मन मस्तिस्क मै तिम्रो तस्बिर बारम्बार आएपछी। 


आँफैमा खुशी देख्न थालेको छु आजकाल 

सुख दु:ख तिमी सगै साट्न थालेपछी । 



आट , हिम्मत बड्दै छ सिक्दै छु रिस्क लिन पनि

 हौसला र उत्प्रेरणा को गीत तिमीले नै गाएपछी । 


सपना त सपनै हो भनी देख्न पनि सिकायौ 

भन्छौ जहिले सम्भब छ सबै सगै पाइला चालेपछी । 


मन नै आनन्दित भाको छ छैन सुर चिन्ता 

मायाको मिठो  सितलपन जीवनभरी छाएपछी । 


कहाली लाग्दो लाग्ने जीवन अहिले सार्थक देख्दै छु 

अहो ! धन्य पो भएको छु म तिमीलाई पाएपछी । 

4 comments:

धर्मले त जोड्न सिकाउँछ

मन्दिरको घण्टी बजोस्, या, मस्जिदको अजान गुञ्जियोस्, या, गुम्बाको मन्त्र सुनियोस्, या, चर्चको घण्टी झन्कियोस्, या, गुरुद्वारामा कीर्तन घन्किय...