Sunday, May 22, 2022

सुम्निमाको प्रेम प्रस्ताव❤️ भाग-२

 


सुम्निमाले मसँग अप्रिल फुल त मजाले मनाएकी थिई नै। म भने त्यहि कुरा अप्रिल फुल को दिन नभई अरु कुनै दिनमा अनुभव गर्न पाइयोस् भनि दिन  कुरिरहेको थिएँ।  त्यस दिन देखि त मलाई सुम्निमाको झन् बढी याद रहिरहेको थियो। मलाई थाहा थियो उसले मलाई साँचिकै मन पराइरहेकि छ तर खै कुन्नी किन हो उसले व्यक्त गर्न भने हिच्किचाई गरिरहेकी थिई।  उसले अहिलेलाई हामी साथि नै ठिक छौँ  भनेको पनि ठिकै हो तर किन किन मलाई साथि भन्दा पनि माथिको सम्बन्ध अगाडि बढाउन मन लागिरहेको थियो।  


सुम्निमासँग अघिपछि झैँ कुरा भैराख्थ्यो। फेसबुक च्याटमा त अब उसले लभको एमोजीहरु पनि पठाउन थालेकी थिई। ति इमोजीहरु सहितको मेसेज ले मलाई झन् तरङ्ग पैदा गर्दिन्थ्यो। त्यहि तरंगले मलाई आशा र सपना पनि देखाइदिन्थ्यो।  


जून ५, विश्व वातावरण दिवस। त्रिचन्द्र युथ रेडक्रस सर्कलले त्यस दिन र्यालीको आयोजना गरेको थियो।  सहभागिताको लागि सम्पूर्ण कलेजको युथ सर्कललाई निमन्त्रणा पठाएको रहेछ।  सेन्ट्रल कलेजमा सुम्निमा अनि नेपाल कमर्स क्याम्पसमा म रेडक्रसमै भएकोले हामी पनि सहभागी हुने भयौँ। मेरो कलेजबाट म र मेरो पुरै टिम अनि उसको कलेजबाट ऊ र उसको पुरै टिम नै आएको थियो।  एक अर्काको टिम सँग हामी  दुईको माध्यमबाट चिनापर्ची पनि भयो।  त्रिचन्द्र कलेज को युथ रेडक्रस सर्कलको अध्यक्ष दाईले र्याली सुरु हुन लागेको घोषणा गर्नुभयो।  सबैले प्ले कार्ड बोके।  सुम्निमा र म चाँही र्यालीमा सँगै हिड्ने भनेर अघिल्लो दिनमै कुरा गरिसकेको थियौँ। हामी र्यालीमा स्लोगन गाउँदै हिड्यौं। 


त्रिचन्द्र कलेज बाट सुरु भएको र्याली हामी  बागबजार, पुतलीसडक, कमलादी, कमलपोखरी, मैतीदेवी, दिल्लिबजार  हुँदै फेरी त्रिचन्द्र कलेज पुगेर अन्त्य गर्यौं।  र्यालीमा सँगै  गफ गर्दै हिँडेको हुनाले होला खासै घामको पनि महसुस भएन।  उसले फोहोर घरमा कसरि व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा कुरा गर्थी।  उसको आइडियाहरु सेयेर  गर्थी।  


र्याली सकियो।  र्याली सकिसकेपछि प्यानल डिस्कसन कार्यक्रम पनि थियो।  १ घण्टा जति त्यहाँ नै बस्यौँ।  विज्ञहरुको सुझाव  सुन्यौँ।  करिब दिउँसोको ३ बजेको हुँदो हो, अब हामी निस्किउ न है भनि उसले।  मैले पनि हुन्छ निस्किम न त भने।  

त्रिचन्द्रबाट साथिहरुलाई बाइ भनेर हामी निस्कियौँ।  सुरज, अब म घर जान्छु होला तिमि कता जाने ? उसले सोधी।  

म पनि होस्टेल नै जान्छु यार्।  तर एकछिन् कफि खान जाउँ न त पुतलीसडकको त्यो कफी सप मा। मैले सोधे।  


मेरो कुनै योजना थिएन तर एक्कासी कफी खान जाउँ भनेर उसलाई भन्न पुगेछु।  उसले ले नाइँ भन्न सकिनछे क्यारे जाउ न त भानिहालेउ भनेर हास्दै भनि।  


घाम लागिरहेको थियो। सुम्निमाको एउटा छातामा म पनि अटाएँ।  त्रिचन्द्र देखि पुतलीसडक हिडेर नै गयौँ।  त्यहि कफी सप थियो जहाँ उसको सुन्दर रुपले मलाई पहिलो चॊटि काउकुति लगाएको थियो। फेरी त्यहिँ पुग्यौँ। उही कुनाको दुईवटा कुर्सि सहितको टेबल।  


घाम थियो। कफी खान गएको हामीले मोड फेर्यौं।  कफीको सट्टा हामीले लेमोनेड मगायौं।  


लेमोनेड नआउन्जेल हामी गफ गरेर बस्यौँ। उसलाई घरमा बिहेको कुरा चलाईरहेका रहेछन्। ओई, सुनन मलाई त घरमा बिहेको कुरा गरिराछन् यार्। रिस उठ्दो। उसले भनी।  


राम्रो केटा होला।  गर्देउ न त बिहे।  जिस्काउँदै मैले भने।  

तिमीले पनि बिहे गर भन्न छोडेनौ नि ? कस्तो होला ! उसले रिसाउदैं भनी।  


हे हे , हैन हैन , जिस्काइदेको। ब्याचलर नसकिन्जेल त बिहेको कुरा नै नगर्नु, मलाइ नचाइने तनाब नदिनु भन न। आफ्नो प्लान सुनाउ घरमा। मजाले सम्झाउ।  भैहाल्छ नि।  


यतिकै मा लेमोनेड आइपुग्यो।  मैले पिउन सुरु गरिहालेँ ।  उसले मलाई केहि भनम्ला जस्तै गरि हेरिरहि। मैले नि उसको अनुहार हेरेँ।  यतिकैमा उसले भनि, “सुरज,  Seriously saying, I think I am in love with you yaar !” 


मैले उसको यति मात्र आवाज के सुनेको थिएँ, चिसो चिसो अनुभव गरेँ र कतैबाट अर्कै आवाज आयो, “केटा कलेज छैन आज ?"


आँखा झल्यास्स खुल्यो। मेरो रुममेट दिपेश ले थोरै सिरक तानेर मलाई उठाउन खोजेको रहेछ। छेउमै रहेको मोबाईल हेर्दा बिहानको  ६:३० बजिसकेको थियो। मेरो कलेज ६:३० मा सुरू भैसक्थ्यो।  


सुम्निमाले बिपनिमा मात्र हैन सपनिमा पनि प्रेम प्रस्ताव राख्न बाँकी राखिन।  म फेरी उहिँ सोचीरहेको छु, आजको बिहानी पख को सपनिको अनुभव बिपनिमा पनि गर्न पाएँ ? 


Tuesday, May 17, 2022

स्नातकमा स्वास्थ्य सेवा व्यवस्थापन र खर्चिलो इन्टर्नसिप

नेपालमा सन् २००० बाट नै पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेशनल ओपेन कलेजले पहिलो पटक स्वास्थ्य सेवा व्यवस्थापन विषय स्नातक तहमा पठनपाठन सुरु गरेको थियो। अस्पताल तथा अन्य स्वस्स्थ्य संस्था स्वास्थ्य परियोजनाहरुको व्यवस्थापकिय ज्ञान सीपमा अभिवृद्धि गर्ने यस विषय अहिले भने पोखरा विश्वविद्यालयका वटा संस्थागत कलेजहरुले पढाउँदै आएका छन्।  स्नातक तहमा पढाइ हुन थालेको २२ वर्ष भैसक्दा पनि बजारमा यस विषयको बारेमा थाहा हुने मान्छे भने कम नै भेटिन्छ। बिस्तारै अस्पतालको प्रशासकिय व्यवस्थापकिय कामको लागि निजि अस्पतालहरुले भने स्वास्थ्य सेवा व्यवस्थापन उतिर्ण गरेका जनशक्ति हरुलाई खोज्न थालेका छन्।  केही सरकारी अस्पतालले पनि कतै कतै अस्पताल व्यवस्थापकको करारमा पदपूर्ति गर्नको लागि आह्वान गरेको भने देखिन्छ।  

अब कुरा गरौँ यस विषयको कोर्स संरचनातिर,

एक स्वास्थ्य सेवा व्यवस्थापन पढिरहेको अन्तिम सेमेस्टरको विद्यार्थी हुँ।  बिगत वर्षदेखि सेमेस्टर सम्म पढ्दै गर्दा राम्रो अनुभव पनि बटुलिरहेको छु।  साधारण व्यवस्थापन, अस्पताल व्यवस्थापन, सामुदायिक अनि जनस्वास्थ्य व्यवस्थापनका विषयहरु मिश्रित रुपमा पढ्दै गर्दा रमाइलो पनि महसुस भयो।  नेपालको स्वास्थ्य सेवा व्यवस्थापनमा धेरै कसरत गर्नुपर्ने बेलामा यस्ता विषय अध्ययन गरेका जनशक्तिको भने अवश्य खाँचो देखिन्छ।  शैक्षिक संस्थाले  कुशल ढङ्गले अध्यापन गराउने हो भने यी विषय पढेर उत्पादन भएका जनशक्तिले नेपालको स्वास्थ्य प्रणाली दर्बिलो बनाउछन् भने कुरामा दुईमत नहोला।  यस विषयको प्रचार प्रसार तथा महत्व सबै सरोकारवालाहरुलाई भने बुझाउन अझै कठिन भएको देखिन्छ।  

वर्षे सेमेस्टरको यो कोर्स जम्मा १३३ क्रेडिट आवरको रहेको छ।  जसमा फाउण्डेसन कोर व्यवस्थापनका १६ ओटा बिषय छन्, स्वास्थ्य अस्पताल व्यवस्थापनका २३ ओटा विषय छन्, वटा इन्टर्नसिप एउटा  हेल्थकेयर प्रोजेक्ट रहेको छ। अस्पताल निर्माण योजना, अस्पतालका विभिन्न विभागिय व्यवस्थापन अनि सामुदायिक एवम् जनस्वास्थ्यका विषयहरू समाहित छन्।  समग्रमा हेर्दा एउटा कुशल स्वास्थ्य सेवा व्यवस्थापकको लागि आवश्यक पर्ने सम्पूर्ण ज्ञान सिप दिने विषयहरु छन्।  

अब यो कोर्स को इन्टरनशिप को बारेमा चर्चा गर्छु,

कोर्स अवधिभर तेस्रो, पाचौँ आठौँ  सेमेस्टर गरी ओटा इन्टर्नसिप गर्नुपर्ने हुन्छ।  हरेक इन्टर्नसिप क्रेडिट आवरको रहेको छ।  यी इन्टर्नसिप अस्पताल स्वाथ्य कार्यक्रम चलाईरहेका स्वास्थ्य संस्थामा गर्नुपर्ने प्रावधान छ।  इन्टर्नसिप मैले भने खर्चिलो महसुस गरे।  अस्पतालले कम्तिमा हजार लिने रहेछन्।  कुनैकुनै अस्पतालले १२ हजारसम्म पनि माग गरे।  हजार, हजार, हजार १० हजार हरेक अस्पतालले आफू खुसि इन्टर्नबाट पैसा लिने पाईयो।  त्यो अस्पताललाई बुझाउने रकममा खाजा खर्च, गाडिभाडा जोड्यो भने ४५ दिनको इन्टर्नसिपमा १० देखि १५ हजार कम्तिमा पनि खर्च हुने रहेछ।  हरेक अस्पतालको फरक फरक रेट कुन आधारमा भन्ने कुरा चाहिँ अहिलेसम्म मैले बुझ्न सकेको छैन।  

मैले इन्टर्नसिप गरेको अस्पतालमा सोधेको थिएँ। यो इन्टर्नसिप को चार्ज चाहिँ लिनुको कारण सोध्दा इन्टर्नलाई गाइडेन्स अनि इन्टर्नले अस्पतालबाट लैजाने डाटा सुचनाको लागि लिएको हो, यो पहिलेदेखि नै लिने गथ्र्यौँ अनि सबै अस्पतालले लिने गर्दछन भनेर जवाफ आयो। मलाई व्यक्तिगत रुपमा लाग्दैन कि इन्टर्नले पैसा तिरेर गोप्य सुचानाहरु लिएर रिपोर्ट बनाउछन्।  सामान्यतया पब्लिस भैसकेका नै डाटाहरु प्रयोग गरिन्छन् जुन कुराहरु उक्त अस्पतालको डिजिटल प्लेटफर्ममा  नै पाईन्छन्।  

सोचौं एकचोटी एक सामान्य परिवारको विद्यार्थी जसलाई दैनिक खाजा खान सोचिरहनु परेको , उसलाई यो कतिको सहज होला? अनि के उसले अब राम्रो स्वास्थ्य संस्था जसले इन्टर्नसिप चार्ज बढी लिन्छ त्यहाँ उसलाई ठाउँ नभएकै हो ? यसले एउटा असमानता को खाल्डो नै बनाउने भएन

अस्पतालहरुले पैसा लिए अनुसारको इन्टर्नलाई विशेष अनुगमन इन्टर्नको सिकाइमा जोड पनि दिनुपर्ने हो तर के त्यो भैरहेको ? मेरा अन्य साथीहरुको अनुभवमा भने त्यति सोचेको जस्तो प्रभावकारी इन्टर्न हुन सकेन। 

नेपालमा बैंक लगायतका अन्य  संस्थामा इन्टर्नलाई कम्तिमा खाजा खर्च दिने भने चलन छ।  यता भने उल्टै त्यति महँगो पैसा तिरेर इन्टर्न गर्दा के उत्प्रेरणा मिल्ला ? एकचोटी विद्यार्थीको मनोविज्ञानलाई पनि बुझ्ने हो कि? यसलाई विश्वविद्यालय, कलेज लगायतका सम्पूर्ण सरोकारवालाहरुले  सम्बोधन गर्नुपर्ने देखिन्छ।  

  

स्वास्थ्य खबर पत्रिका मा प्रकाशित



#OneMoreFellow Campaign: Another Milestone in my leadership journey

                      It is said that sometimes you just need a small ignition to make things happen. It was the meeting with Shrochis Karki...