सुम्निमालाई चिनेको करिब ६ वर्ष भैसकेछ। ऊ र म कक्षा ११/१२ सँगै पढेका थियौँ । देख्दा चुलबुले, पढ्नमा मेधावी अनि सुन्दरताको पनि धनि देखिन्थी ऊ। म भने धेरै बोल्न रुचाउदैनथेँ तर गृहकार्यको शिलशिलामा भने चाहिँ साथीहरु सँग बोलिरहेको हुन्थेँ । सुम्निमासँग पनि नजानेको कुराहरु चाहिँ सोध्ने गर्थेँ । ऊ पनि कहिलेकाहिँ भने मलाई पनि सोध्ने गर्थी।
बिस्तारै सुम्निमासँग घुलमिल हुन थालें । ऊ सँग बोल्न सजिलो लाग्थ्यो। फेसबुकतिर पनि हाम्रो च्याट हुन थाल्यो।
कक्षा १२ सकियो। अब उसले र मैले सँगै पढ्ने दिन पनि सकियो ।
उसले माइक्रोबायोलोजी लिएर सेन्ट्रल कलेज मा स्नातक गर्ने निधो गरिछ। म भने बि बि ए लिएर नेपाल कमर्स क्याम्पस मा पढ्ने भएँ । कहिले काहिँ उसँग कुरा भने भैराख्थ्यो।
उसको र मेरो विचार मिल्दथ्यो। ऊ स्वयंसेवक भएर अरुलाई सहयोग गर्न खुब रुचाउथी र म पनि। सायद यहि कारणले पनि होला ऊ र म आ-आफ्नो कलेजको युथ रेडक्रस सर्कलमा आबद्ध पनि भयौँ। अब झन् उसको र मेरो कुरा बाक्लिदै पनि गयो अनि हाम्रो विभिन्न कार्यक्रमहरुको शिलशिलामा पनि भेट हुन थाल्यो। उसको जिस्किने, बोल्ने अनि हस्मुख रहने बानि यथावत् नै थियो। भेटेको बेलामा या फेसबुक च्याटमा होस्, ऊ सधैँ राम्रो, परोपकारी अनि घत् लाग्ने कुरा गर्थी। आफ्ना कुराहरु सेयर गर्थी, मेरा कुराहरु सुन्थी अनि सहयोग पनि गर्थी। साच्चै भन्दा मलाइ ऊ असाध्यै राम्री लाग्थ्यो। म उसलाई मन पराउथेँ ।
एकदिन उसले मलाइ कफि खान जाउम् न है भनेर पुतलिसडक बोलाइ। म पनि खुसि भएँ । चिटिक्क परेर गएँ। ऊ पनि कपाल छोडेर, नङमा खैरो खैरो पालिस लगाएर, पहेंलो रंगको टि-सर्ट, आउटर अनि फर्मल पाइन्ट लगाएर आएकी थिई। हामी संगै पुतलीसडक मा भेटेर कफि सप गयौं। मैले क्याफे लाते मगाएँ उसले क्यापाचिनो। सामान्य कुराकानी भयो। कफि खाँदै उसले मेरो र उसको कलेजको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरम् न भनेर सुनाइ। म पनि त्यो कुरामा सकारात्मक नै भएँ। लगभग ४५ मिनेटपछि हामी आ आफ्नो बाटो लाग्यौं।
बेलुका मैले उसलाई “It was a wonderful time with you” भनेर मेसेज पठाएँ।
उसले “hehe…, Thanks for coming. I also enjoyed” भनी।
उसले “तिमि बिहान कति बजे उठ्छौ ?” भनेर सोधी।
मैले त्यस्तै ५ : ३० बज्छ उठ्दा, किन र ? मैले उसलाई फेरी सोधेँ।
“Hehe.. atikai ho… la ma suteko hai, gn” उसले यति भनेर अफ भई।
म पनि सुते अनि।
भोलिपल्ट म उठ्दा भने ६:३० बजेको थियो। उठेर Wi-Fi अन मात्र के गरेको थिएँ सुम्निमाको मेसेजले घन्टी टिङ्ग बज्यो। अरु केहि नहेरी मैले उसको मेसेज हेर्न मन लाग्यो। उसले मेसेज ठ्याक्कै ५:३० मा पठाएकी रैछ।
मेसेज यस्तो थियो “Good morning... Timilaai hijo kyaa Handsome dekhiyeko thiyo ni … ma ta hereko herei… :D … ani suna na I wanna say something …
I guess I am in love wid u yr.. I love you <3
लभको एमोजी सहित को त्यो मेसेज देख्दा खुसीको सिमा नै रहेन। मैले भन्न नसकेको कुरा उसले भनेकी थिई।
मैले पनि हत्त न पत्त रिप्लाई गरेँ “aww.. so swt..I love you too… I could not express the feelings.. “
अब म बाँकी उसको रिप्लाई कहिले आउला भनी कुरिरहेको थिएँ। उसलाई फोन गर्ने आँट भने आएन। मेसेजको रिप्लाई पनि आएन। म उसको मेसेज को प्रतीक्षामा छिन छिनमा मोबाइल हेरिरहेको थिएँ।
दिउँसोको १ बजे तिर होला साएद उसको मेसेज आयो।
“Hehehhehe budduuu… seriously lideko ? aaja april fool ho .. i made u fool hahaha… love pachi sochamlaa aile atikai thik cha .. tara timi ramro chau hai ..hehe
म निशब्द भएँ। केहि बोल्न आएन। ओके भनेर अफ गएँ।
म मुर्ख भएँ कि के भएँ थाहा छैन तर अझै त्यो मेसेज अप्रिल फूल बाहेक अरु दिनमा फेरी आइदियोस् भनी पर्खिरहेको छु।
April 1, 2022
सुम्निमाको प्रेम प्रस्ताव❤️ भाग-२ पढ्न यहाँ क्लिक गर्नुहोस्