मन नलागि नलागि आज फेरी गजल लेख्दै छु
मिलन पछिको विछोडको तमासा हेर्दै छु ।
नुन मसाला मिलेर पाक्न लागेको तरकारी
नुन एकातिर मसाला अर्कातिर फाटेको देख्दै छु ।
आफ्नै देशमा मैले कोरेका रङ्गिन सपनालाई
टिपेक्स अनी इरेजरले घोटी घोटी मेट्दै छु ।
स्वतन्त्र अनि शान्त ति मेरा आफ्नै गोरेटोमा
होहल्ला अनि ताम्झाम गर्ने जमात भेट्दै छु ।
स्वदेशमा बातावरण नभा हो कि आफुले नदेख्या हो
आफुले आँफैलाई आजकाल त परदेश तिरै ठेल्दै छु ।